जनकपुरधाम– यस वर्षको महामूर्खको उपाधि राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले पाएका छन्।
मिथिला नाट्य कला परिषद् (मिनाप)ले आयोजना गरेको होरी महोत्सव र महामूर्ख सम्मेलनमा राष्ट्रिय जनता पार्टीबाट सांसद बनेका लाललाई सो उपाधि दिइएको हो। मिनापले २०६१ सालदेखि हरेक वर्ष सम्मेलन गर्दै आएको छ। उपाधि पाएसँगै लाललाई प्रमाणपत्र दिनुका साथै तरकारीको माला लगाएर सम्मान गरियो।
सम्मेलनमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई बज्रकिट, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहलाई गिरगिटिया, ब्रजमोहन झालाई चपाटनन्दन, जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झालाई मैनावती, हंसपुर नगरपालिकाकी उपमेयर रेणु झालाई टुनमुसरी, हिरा भगतलाई मुसरी लाल उपाधि दिइएको थियो।
यस्तै, महेश दासलाई वंशकुरहरि, राष्ट्रियसभा सदस्य मुक्ता यादवलाई दाइवती, प्रदेश सभा सदस्यहरु राम आशिष यादवलाई हराशंख, परमेश्वर साहलाई लोढा शंकर, प्रमिलादेवी दासलाई दिलतोरिया, महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डललाई हिरामन र हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डललाई खेसारीलालको उपाधि दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।