काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेकपाको कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने सचिवालय बैठकको निर्णय, केपी ओली पाँचै वर्ष प्रधानमन्त्रीमा रहने, बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुने ।
२) न्याय परिषद्द्वारा उच्च अदालतमा १५ न्यायाधीशको नाम सिफारिस, जिल्ला न्यायाधीशलाई ६ र अधिवक्तालाई ८ जनाको कोटा, उच्चकै आठ न्यायाधीशको सरुवा ।
३) नेपाल एयरलाइन्स एक वर्षमै पौने २ अर्ब घाटामा, सबैभन्दा बढी अपरेशनमा खर्च, जापानको नारिता विमानस्थलमा उडान योजना नै नरहेको खुलासा ।
४) मोउरिसियो पोचेटिनोलाई प्रशिक्षकबाट बर्खास्त गर्दै इंग्लिस क्लब टोटनह्यामले भित्र्यायो जोसे मोउरिन्हो, १२ मा तीन खेल मात्र जितेको खराब नतिजा फेर्ने आशा ।
५) र, ट्रम्पले युक्रेनी समकक्षीसँग अनुचित आग्रह गरेको ह्वाइट हाउसका कर्णेल एलेकजेन्डरको भनाइ, प्रतिद्वन्द्वीमाथि छानबिन गर्न युक्रेनी समकक्षीसँग आग्रह गरेको स्वीकार ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।