काठमाडौं– पुनगर्ठित मन्त्री मण्डलमा पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट पर्ने सम्भावना बढेको छ।
निर्वाचन क्षेत्रमै रहेका भट्ट मन्त्री बन्ने सुइँको पाएपछि काठमाडौं आइपुगेका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहालबाट पुनर्गठित मन्त्रीमण्डलमा उद्योगमन्त्रीको जिम्मेवारी पर्ने संकेत मिलेको भट्टनिकट सुदूरपश्चिमका एक नेताले बताए।
उनले भने, ‘सम्भावना देखियो भन्दै उहाँ काठमाडौं लाग्नुभएको छ।’
भट्टनिकट सुदूरपश्चिमका अर्का नेकपा नेता सहदेव बोगटीले उनी मन्त्री बन्ने निश्चित जस्तै रहेको पुष्टि गरे। आफू भट्टसँगै रहेको बताउँदै भने, 'उहाँ मन्त्री बन्ने सम्भावना मात्रै होइन, शतप्रतिशत निश्चित जस्तै छ।
उनलाई पूर्व माओवादी नेता मातृकाप्रसाद यादवको ठाउँमा मन्त्री बनाइने बुझिएको छ। हालका उद्योगमन्त्री यादव बहिर्गमनको सूचीमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।