काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पहलमा एक बिरामीको हेलिहप्टरबाट उद्धार गरिएको छ।
हुम्लाको चंखेली– ६ घर भएकी अजयवीर बुढाकी ६ वर्षिय नम्रता बुढाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
नम्रता मंगलबार भीरबाट लडेर घाइते भएकी थिइन्। गृहमन्त्री थापाका जानकारी आएपछि बुधबार उनले सेनाको हेलिकप्टर पठाएर बिरामीलाई नेपालगञ्ज ल्याइएको र भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।