• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी भन्छन्- पंगेनीले घर बनायो भन्ने विषय धेरै नउचालौं

‘कला–संस्कृतिलाई भत्किन नदिन गीत–संगीतमा सेन्सर आवश्यक छ’
64x64
नेपाल लाइभ बुधबार, मंसिर ४, २०७६  १५:०५
1140x725

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकगायक बद्री पंगेनीको तीन वर्षे कार्यकाल अर्को साताबाट सकिँदैछ। मंसिर ६, ७ र ८ गते पोखरामा हुने सातौँ महाधिवेशनसँगै उनी अध्यक्ष पदबाट विदा हुने तर्खरमा छन्। समग्रमा उनको तीन वर्षे कार्यकाल कस्तो रह्यो त? पछिल्लो समय फोहोरी हुँदै गइरहेको नेपालको लोकदोहोरी क्षेत्रलाई उनले कति जोगाउन सके? नेपाल लाइभका लागि अनिल यादवले उनीसँग गरेको छोटो कुराकानीः 

तीन वर्षे कार्यकाललाई फर्केर हेर्दा के गर्न सकियो, के गर्न सकिएन भन्ने लागिराछ?
मैले जे सोचेको थिएँ, जे परिकल्पना गरेको थिएँ, त्यो केही पनि गर्न सकिएन भन्ने लागिरा’छ। 

जस्तो?
मैले लोकदोहोरी क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई पूर्ण रुपमा नियन्त्रण गर्छु, गीत–संगीतको सेन्सर बोर्ड स्थापना गर्न सरकारलाई दबाब दिएर लागू गराउँछु भन्ने सोचेको थिएँ। लोकदोहोरी संगीतलाई अझै मर्यादित र व्यवसायिक बनाउँछु भन्ने थियो। कलाकारलाई परेको जस्तोसुकै अप्ठेरोमा पनि सहयोग गर्न सक्ने हैसियतमा संस्थालाई पुर्‍याउँछौं भन्ने लागेको थियो तर नसकिँदो रहेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंले उठाउँदै आइरहेको गीत–संगीतमा सेन्सर गर्नुपर्छ भन्ने विषय त अलि असुहाउँदो भएन र?
हाम्रो देशको संस्कृति कस्तो बनाउने भन्ने स्वअधिकार त हाम्रै देशसँग हुनुपर्‍यो नि। संस्कृति कस्तो बनाउने भन्ने विषयमा कहीँ पनि स्वतन्त्रता हुन्न। सेन्सरका विषयमा तपाईं लगायत केही पत्रकार साथीहरुले सामाजिक संजालमा लेखेको मैले देखेको थिएँ। सेन्सर बोर्ड भनेको कसैलाई बन्धन बनाउनका लागि या कसैलाई बाँध्न या पर्खाल लगाउनका लागि ल्याउनुपर्‍यो भनेको होइन, भएको कुरालाई बिग्रन नदिनका लािग ल्याउनुपर्‍यो भनेको हो। हामीसँग भएको कला–संस्कृतिलाई भत्किन नदिन यो आवश्यक छ भन्ने मलाई लाग्छ। 

तर सेन्सर बोर्ड भन्नेवित्तिकै यो त कलालाई नियन्त्रण गर्ने नियत होइन र?
सेन्सर भनेको गीत–संगीतको संरक्षणका लागि हो भनेर बुझ्दा पनि हुन्छ होला। तपाईं पत्रकार साथीहरुले बोल्ने भाषा र बुझ्ने कुरा हो यो। तर प्रायः कलाकार र सर्जकहरु केही न केही एउटा मापदण्ड भइदिए हुन्थ्यो भन्ने नै चाहन्छन्। अहिलेलाई यति बुझ्नुस्, योभन्दा धेरै बहस गरिनँ म। 

तीन वर्षअघि तपाईं दोहोरी प्रतिष्ठानको अध्यक्ष उठ्नुअघि राजधानीका दोहोरी साँझमा रिपोर्टिङ गर्दा ‘दोहोरी फोहोरी’हुँदै गइरहेको पाइएको थियो। तपाईंले यसलाई सुधार्ने बताउनुभएको थियो, सकिएन है?
त्यही त। दोहोरी साँझमा काम गर्ने जति पनि कलाकारहरु हुनुहुन्छ, वाद्यबाधनमा काम गर्ने जति पनि हुनुहुन्छ, उहाँहरुको पक्षमा मैले केही पनि गर्न सकिनँ। म उहाँहरुसँग माफी चाहन्छु तर म पदमा रहे पनि नरहे पनि उहाँहरुको हकहितका लागि सधैं अगाडि भएर सहयोग गर्छु। उहाँहरुलाई अप्ठेरो पर्दा सधैं मलाई सम्झिनु होला। त्यसका लागि बद्री पंगेनी प्रतिष्ठानको अध्यक्ष भइरहनु पर्दैन। 

तपाईंको कार्यकालमा अरु केही नभए पनि १ करोड १५ लाखमा आफ्नै भवन भने बनेछ, हैन?
भवन बनेको कुरालाई पनि यति ठूलो इस्यु बनाउनुपर्छ भन्ने मलाई लागेको छैन। ३८–४० हजार सदस्य भएको कलाकारको संस्थाको एउटा भवन बन्नु ठूलो कुरा होइन। बुढानीलकण्ठमा हामीले दुई रोपनी चार आना जग्गा पाउने प्रक्रियामा छौँ। अहिले बनेको त घर हो, मुख्य भवन त त्यता बनाउने सोच छ। त्यसैले बद्री पंगेनीले घर बनायो भन्ने कुरालाई चाहिँ त्यति धेरै नउचाल्न म आग्रह गर्छु। यो ठूलो कुरा होइन, हाम्रो लागि सामान्य काम हो। 

अब नयाँ कार्यसमिति निर्वाचित हुँदैछ। तपाईंको उत्तराधिकारी को हो त (हाँस्दै)?
मैले ठ्याक्कै यो भन्नुभन्दा पनि चुनावपछि हाम्रा १२ सय ८० जना महाधिवेशन प्रतिनिधिले यसको जवाफ सार्वजनिक रुपमा सबैले थाहा पाउने गरि दिने नै छन्, प्रतिक्षा गर्नुहोला (हाँस्दै)।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
प्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्‌का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्