काठमाडौं– ड्युटीमा खटिएको प्रहरीलाई ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक महिलासहित चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा टोखा नगरपालिका-५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसकी संचालक उदयपुर गाइघाट नगरपालिका–५ घर भएकी ४० वर्षीया सोममाया राईसहित चार जना छन्र। उनीहरूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उक्त गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई उक्त नगद सहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।