• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'प्याकेजमा सहमति' गर्ने प्रचण्डको प्रस्तावले धकेलियो मन्त्रिपरिषद् पुनर्गठन

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १८:००
1140x725

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनका लागि आइतबार दिउँसोदेखि तीव्र बनेको आन्तरिक भेटवार्ता मंगलबारसम्म आइपुग्दा केही सुस्त बनेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार साँझ भएको भेटवार्ताले तीव्रतामा कमी ल्याइदिएको हो।

तर, सो भेटवार्ताले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावनालाई नकारेको भने होइन। बरु यससँग जोडेर थप दायरालाई पनि बहसमा ल्याइदिएको हो।

ओली र प्रचण्ड निकटका नेताहरुका अनुसार, मन्त्रिपरिषद् पुनर्गठनमा थप दुई विषयले पनि प्रवेश पाएको छ। पहिलो, प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी। दोस्रो, सभामुख।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेताहरुबीच असहमति छैन। पूर्व एमालेबाट ओली र पूर्व माओवादीबाट प्रचण्डले यो विषयमा लगभग सहमति जुटाइसकेका छन्। प्रायः नामहरुमा पनि सहमति जुटिसकेको निकटस्थ नेताहरुको दाबी छ। यद्यपि, केही नामहरुमा भने फरक विचार रहेका छन्। त्यो ठूलो समस्या होइन।

प्रचण्डले बेलाबखतमा मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार हो भन्ने त गर्छन् तर विगतमा भागबण्डाकै आधारमा मन्त्रीहरु चयन गरेको हुनाले उनको रुची र सहमति अस्वभाविक होइन। त्यसैले पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच झन्डै तीन घण्टा छलफल गरेका थिए। मन्त्रिपरिषद् पुनर्गठनको लागि अन्तिम तयारी भन्ने आकलन गरिएको सो बैठकले थप दुई विषय पनि सतहमा ल्याएपछि यो विषयले थप केही दिन लिनसक्ने अनुमान भइरहेको छ।

दुई अध्यक्षको बैठकमा प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष दिन र सभामुखको विषय पनि टुंग्याउन प्रस्ताव राखेको पूर्व माओवादी केन्द्रका नेता दाबी गर्छन्।

प्रचण्डले लामो समयदेखि उठाउँदै आएको विषय हो, पार्टी सञ्चालनको एकल अधिकार। तत्कालीन एमाले र माओवादी बीच पार्टी एकीकरण हुनुअघि दुई अध्यक्षले दुई साक्षीका साथमा गरेको गोप्य सहमतिमा आलोपालो सरकारको नेतृत्व गर्ने उल्लेख छ। तर, ओली सोही भावना अनुसार अघि नबढेको प्रचण्डको गुनासो छ। त्यसैकारण उनले दोस्रो र सुरक्षित विकल्प अघि सारेका छन्। त्यो हो, पार्टी सञ्चालनमा आफ्नो थप भूमिका।

आलोपालो सरकारको नेतृत्व गर्नु भनेको अबको केही महिनामै सरकार परिवर्तन हुनु हो। मन्त्रिपरिषद् पुनर्गठनको भएको केही समयमै सरकारकै नेतृत्व परिवर्तनतिर लाग्नु जोखिमपूर्ण हुने प्रचण्डको बुझाइ हुनसक्छ। कारण, त्यसले सरकार अस्थिर भएको सन्देश जान्छ। र, उनलाई पनि अस्थिरताको कारकको 'ट्याग' लाग्न सक्छ। विकल्पमा पार्टीको एकल अध्यक्ष भइयो भने पूर्व एमाले पंतिको पनि विश्वास जित्दै आगामी महाधिवेशनका लागि आफ्नो माहोल सिर्जना गर्न सकिने छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रचण्डले अहिल्यै यो विषय उठाउनुको कारणचाहिँ 'फलाम तातेको बेलामै घन ठोक्नुपर्छ' भन्ने उक्ति प्रयोग गर्न खोजेजस्तो देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आएको पछिल्लो उतारचढावका कारण उनलाई आरामको खाँचो रहेको बहस पार्टीभित्र र बाहिर पनि उठिरहेकै छ। उनले आराम गर्दा पार्टीभित्र भूमिका बढ्ने भनेको प्रचण्डकै हो।

सभामुखको विषय पनि अहिले बहसमा छ। कृष्णबहादुर महराको पदमुक्तिसँगै उनको ठाउँ कसले लिने भन्ने चर्चा स्वभाविक हो। उनको ठाउँमा आफू अनुकूल नेता ल्याउने ओलीको चाहना पनि स्वभाविक नै हो। पूर्व माओवादी नेता भएकै कारण महराले सरकारको कतिपय संकेत बुझ्न नसकेको ओली निकट नेताहरुको गुनासो छ। त्यसैले आफू निकट नेता नै ल्याएर सहज वातावरण बनाउने उनीहरुको चाह हुनसक्छ। त्यसैले उनीहरु सो पदमा सुवास नेम्वाङको चर्चा चलाइरहेका छन्।

अर्कोतिर, महराले पाएको जिम्मेवारी पूर्वमाओवादी भएका कारण हो। त्यतिबेला एमाले र माओवादी पद विभाजन गर्दा सभामुख पद माओवादीको भागमा परेको थियो। पार्टी एकता प्रक्रियामै रहेका कारण पनि सो पद पुन माओवादीले पाउनुपर्ने माओवादी निकट नेताहरुको दाबी छ। महरा प्रकरणले अन्तिम निष्कर्ष नपाउञ्जेल नयाँ सभामुख चयन प्रक्रिया स्थगित गरिनुपर्ने वा पूर्व माओवादी नेताहरुबाट बनाउनुपर्ने माओवादी नेताहरुको भनाई छ। सभामुखको टुंगो लगाउँदा मन्त्रीमण्डल पुनर्गठनका लागि सहज हुने प्रचण्डको बुझाइ छ। आकांक्षी मध्ये एकलाई सभामुख बनाउने शर्तमा मनाउन सकिने हुनाले उनले यो विषय जोडेका हुन्। 

उपसभामुखको जिम्मेवारी निर्वाह गरिरहेकी शिवमाया तुम्बाहाम्फेले सभामुख पाउनुपर्ने 'माहोल'सँग पूर्व माओवादी पक्ष डराएको छ। तुम्बाहाम्फेलाई पूर्व एमाले कोटाबाट मन्त्री बनाउनुपर्नेमा उनीहरुको जोड छ।

विभिन्न विषयलाई एकसाथ प्याकेजमा सहमति गराएर अघि बढ्ने प्रचण्ड चाहना सोमबारको छलफलमा उठेको नेताहरु बताउँछन्। र, सोही कारण मन्त्रिपरिषद् पुनर्गठन पनि केही दिनलाई धकेलिएको अनुमान भइरहेका छन्।

'अब सबै विषयमा प्याकेजमा सहमति भएर मात्रै मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया अघि बढ्छ', पूर्व माओवादीका एक नेता भन्छन्, 'वा, मन्त्रिपरिषद् पुनर्गठन भएमा ती सबै विषयमा पनि सहमति भएछ भन्ने बुझ्नुस्।'
 

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सम्बन्धित सामग्री
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ स्कुलले २०२५ सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्य... सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्ध... सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना जारी गरेको हो । सोमबार, असार १५, २०८३
ताजा समाचारसबै
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्