• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गोजीको भारु र फोटो, जसले खोल्यो झाँक्री हत्याको पोल

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १४:५०
1140x725

काठमाडौं- शरीरका विभिन्न भागमा छिया–छिया पारेर काटिएको चोट। घाँटी छिन्न केही अंशमात्रै बाँकी। एक अधवैसें पुरुष मृत अवस्थामा गत कात्तिक २१ गते सिरहा नगरपालिका–१२ गम्हरियास्थित कमला नदीको तटमा भेटिए।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शव मुचुल्का तयार पार्‍यो। त्यतिन्जेलसम्म मृतक को हुन् भन्ने केही खुलेको थिएन।

‘निकै दर्दनाक अवस्थामा फेला परेको शव कसको हो भन्ने नै पत्ता लगाउनु हाम्रो पहिलो कडी थियो,’सिरहाका एसपी उमा चुतुर्वेदीले भने, ‘मृतकको सर्टको खल्तीमा केही महत्पवूर्ण क्लु भेटियो।’

मृतकको सर्टको खल्तीमा केही भारु नोट र मृतक स्वयमको फोटो भेटिएको थियो। ‘मृत व्यक्ति मधेशी मूलको जस्तो देखिनु। खल्तीमा भारु नोट भेटिनु र घटनास्थलमा वरपर भेटिएका व्यक्तिले मृतक आफ्नो गाउँको नभएको बताउनुले उनी भारतीय नागरिक भएको शंका हामीले गर्‍यौं,’ एसपी चतुर्वेदी भन्छन्, ‘त्यसपछि ती व्यक्तिको पहिचान गर्न हामी सीमा पारी भारत गयौं।’ 

यिनै शंकाको सुईलाई पछ्याउँदै भारतीय प्रहरीसँग समन्वय गरेर सिरहा प्रहरीले मृत व्यक्ति भारतीय भएको पहिचान गर्‍यो। भारतको विहार राज्य, मधुवनी, थाना ललमनिया ग्राम, वेल्हा पञ्चायत कारमेघ पश्चिकम–६ का ४० को राजकुमार यादव रहेको खुल्यो। मृत भेटिएका व्यक्ति श्रीमान् भएको भन्दै उनकी श्रीमतीले सनाखत गरिन्। 

उनीसँगको सोधपुछको क्रममा मृतक झाँक्रीको काम गर्ने र नेपाल-भारत ओहोरदोहोर गरिरहने गरेको खुल्यो। सिरहाको धनगढीमाई नगरपालिका-१० धनगढी टोल बस्ने ३८ वर्षीय फुलगेन साहसँग एक वर्षअघिसम्म वैदेशिक रोजगारीको लागि कतारमा थिए। सोही बेला उनकी श्रमती गाउँमा बिरामी परेकी थिइन्।

सीमा पारी भारतका यादवले झारफुक गर्ने र उनले ठीक पार्ने भन्ने खबर फुलगेनकी श्रीमतीले पाएपछि उनी यादवको सम्पर्कमा पुगेकी थिइन्। श्रीमान् वैदेशिक रोजगारीमै भएका बेला तिनै झाँक्रीसँग सम्पर्कमा पुगेकी उनी झाँक्रीसँग नजिकिएकै थिइन्।

‘यतिसम्म नजिक भएको देखियो कि। विदेशबाट फर्कने बेला फुलगेनलाई श्रीमतीले झाँक्रीका लागि मोबाइलसमेत ल्याउन लगाएको देखियो,’हत्या कारणमा अनैतिक सम्बन्धतर्फ पनि संकेत गर्दै एसपी चुतुर्वेदी भन्छन्।

Ncell 2
Ncell 2

करिब एक वर्षअघि कतारबाट फुलगेन घर फर्किएका थिए। त्यसपछिका दिनहरुमा पनि झाँक्री आफ्नो घर आउने गरेको फुलगेनको भनाइ छ। सिरहाको सीमावर्ती ठाउँमा झारफुक गर्न भन्दै उनी बारम्बार नेपाल आइरहन्थे।

फुकफाककै क्रममा फुलगेनसमेत झाँक्री यादवसँग नजिक भएका थिए। झाँक्री यादवले आफ्नो छोरीको विवाह गर्न लागेकाले आर्थिक सहयोग गर्न भन्दै फुलगेनसँग ८६ हजार रुपैयाँ ऋणसमेत लिएका थिए।

फुलगेनकै माध्यमबाट धनुषाको कमला नगरपालिका–६ बस्ने अजय कुमार महतो, सिरहा धनगढीमाई नगरपालिका-११ बस्ने रामकुमार साहसँग झाँक्रीको चिनजान भएको थियो। उनले झारफुक गर्ने भूत भगाउने भन्दै उनीहरुसँग पनि केही पैसा लिएका थिए। तर झारफुकबाट बिरामी सञ्चो हुनुको साटो उल्टै जादुमन्तर लगाएर समस्या बढाउने गरेको पक्राउ परेका व्यक्तिको भनाइ छ।

झारफुक गर्ने बाहनामा यादव भने एकल महिला र घरमा श्रीमान् नभएका महिलासँग नजिक भएर अनैतिक सम्बन्ध राख्ने गरेको अनुसन्धानमा खुलेको एसपी चुतुर्वेदी बताउँछन्। 

झाँक्रीको पोल खुल्दै गएपछि फुलगेनसहित पैसा सापट दिएका अन्य व्यक्तिले रकम फिर्ता गर्न भन्दै पटकपटक फोन गर्न थालेका थिए।

पैसा मागेपछि झाँक्रीले रामकुमार साहलाई फोन गरेर फुलगेनसहितका मान्छेलाई मार्ने धम्की दिएका थिए। झाँकीले भनेको कुरा पक्राउ परेका रामकुमार साहको भनाइ उद्धृत गर्दै एसपी चतुर्वेदीले भने,  ‘भूतप्रेत लगाएर फुलगेनसहित केही मान्छे दसैंअघि नै मार्छु।’

धामीले मार्ने चेतावनी दिएको कुरा फुलगेनले रामकुमार साहमार्फत् जानकारी पाएका थिए। त्यसपछि फुलगेनले नै योजना बनाएर उनकै निर्देशनमा झाँक्री यादवको हत्या भएको देखिन्छ।

कात्तिक २० गते सिरहामा झाँकी काम गर्न आएको बेला रामकुमार साहले साँझ सवा ६ बजे फोन गरेर झाँक्रीलाई भेट्न बोलाए। गम्हरियास्थित कमला नदीको पूर्व तटबन्ध भएको स्थानमा झाँक्री यादवलाई लगेको अनुसन्धानबाट खुलेको छ। सोही ठाउँमा खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा झाँक्रीको शव भेटिएको हो।

सुरुमा प्रहरीले झाँक्री हत्याको आशंकमा फुलगेनलाई पक्राउ गरेको थियो। उनले हत्या गरिएको स्वीकार गर्दै रामकुमार साह र सिरहाकै मिर्चैया नगरपालिका–४ का जितेन साहको नाम लिएका थिए।

फुलगेनमार्फत् उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले पनि हत्यामा धनुषा कमला नगरपालिका–६ सखुवामडानका २५ वर्षीय अजयकुमार महतो र सोही ठाउँका २१ वर्षीय राजलाल महतो पनि पक्राउ परेका छन्। 

यसरी झाँक्री हत्याका योजनाकार फुलगेन, झाँक्रीलाई फोन गरेर बोलाउने रामकुमार, खुकुरी प्रहार गर्ने जितेन, अजय र राजलालले हत्यामा सहयोगी भूमिका निभाएको पाइएको छ।

प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी र जितेन साहले लगाएको सर्ट सारस्वार बेलहा जाने बाटोको कल्भर्ट नजिक पानीजमेको स्थानमा फालेको अवस्थामा बरामद गरेको छ। झाँक्रीलाई रेटेपछि रगत लत्पतिएकाले जितेनले आफूले लगाएको सर्टसमेत फालेका थिए। 

त्यसैगरी अजय महतोबाट मृतकको झोला र मोबाइल बरामद गरिएको एसपी चतुर्वेदीले बताए। जितेन साहको टिसर्ट राखेको झोला धनगढीको पोखरीमा फालेको अजयले नै बताएका थिए। उनकै सूचनाका आधारमा ती प्रमाण बरामद गरेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
सिराहामा ४ लाखसहित पक्राउ परे जसपा नेपालका उम्मेदवार अशेश्वर यादव प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा यादव नगदसहित पक्राउ परेका हुन् । बुधबार, फागुन २०, २०८२
वीरगंजमा हिन्दू मुस्लिम सद्भाव बिथाेलेर निर्वाचन प्रभावित पार्न खोज्ने तीनजना पक्राउ चुनावको बेला हिंसा भड्काउने उद्देश्यले सुँगुरको टाउको र सुतली बम बोकेर हिँडेकाहरुलाई सेनाले गएराति पक्राउ गरेको हो । बुधबार, फागुन २०, २०८२
नेकपाका उम्मेदवार शंकास्पद बस्तुसहित पक्राउ सुरक्षा जाँचका क्रममा उनको गाडीमा शंकास्पद वस्त भेटिएपछि चौधरीसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बुधबार, फागुन २०, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्