लहान- खोटे सल्ला (सरर) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले चुरे जंगलबाट अवैधरुपमा तस्करी गरिरहेको खोटे सल्ला (सरर) सहित गोलबजार नगरपालिका–१ गोला मुक्सार निवासी– १८ वर्षीय अजय ठाकुरलाई पक्राउ गरेको हो।
चुरे जंगलबाट अवैधरुपमा खोटे सल्ला तस्करी भइरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले बोराभित्र लुकाएको करिब २५ किलो खोटे सल्लासहित ठाकुरलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय लहान सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए।
पक्राउ गरिएका ठाकुरविरुद्ध अवैध वन पैदावार ओसारपोसार ऐनअन्तर्गत मुद्दा चलाइएको प्रमुख सिंहले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।