• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपाल-भारत सीमा विवाद : उक्साहटमा दुष्प्रचार गरेकाे आराेप

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  ०८:३०
1140x725

काठमाडाैं- दार्चुला जिल्लास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भू–भागलाई भारतले आफ्नो नक्साभित्र पारेपछि नेपाल भारतबीच गम्भीर विवाद सिर्जना भएको छ।

भारत दक्षिण एसियाको एक महत्वपूर्ण राष्ट्र मात्र नभई विश्वकै राजनीतिमा प्रभाव पार्नसक्ने शक्ति राष्ट्र हुनुका साथै एक ठूलो आर्थिक शक्ति भएको प्रजातान्त्रिक मुलुक हो। महात्मा गान्धीको भारत छोडो आन्दोलनको बलमा बेलायतबाट स्वतन्त्र भई गान्धीवादी सिद्धान्तमा चलेको र प्रजातान्त्रिक नेताहरु जवाहरलाल नेहरु, लालबहादुर शास्त्री, इन्दिरा गान्धी जस्ता नेताद्वारा नेतृत्व गरिएको भारत हाल प्रजातन्त्रका मूल्य मान्यतालाई आत्मसात् गरेरै विश्व मञ्चमा एक आर्थिक शक्तिका रुपमा उदय भएको छ।

भारत दक्षिण एसियाली राष्ट्रको क्षेत्रीय सहयोग संगठन सार्कको पनि एक महत्वपूर्ण सदस्य राष्ट्र रहेको र नेपालको विकास प्रयासमा सहयोग गर्दै आएको मुलुक हो। भारतको सहयोगमा नेपालमा धेरै आयोजना सम्पन्न भएका छन् भने अरु धेरै आयोजना निर्माणको चरणमा छन्।

यस्तो पृष्ठभूमिमा भारतले नेपालसँगका समस्या एकपछि अर्को गरी सुल्झाउँदै लगेका बखत एक्कासी नेपाली भूमि भारतको नक्शाभित्र पार्नु निश्चय नै दुर्भाग्यपूर्ण हो र यसले नेपाल–भारतबीचको मित्रतालाई मजबुत भएको देख्न चाहने जो कोही नेपालीलाई असह्य कुरा हो।

यस्तो कदम भारतमा रहेका नेपालका तमाम शुभचिन्तकका लागि पनि निकै बिझाउने कुरा हो। हालको विश्व प्रजातन्त्र, मानव अधिकार र भाइचाराको मान्यतामा दिनहुँ सकारात्मक दिशातर्फ अगाडि बढिरहेको छ।

विश्वका ठूला सङ्कट र द्वन्द्व एकपछि अर्को गरी सुल्झदै गएका छन् भने अमेरिका र उत्तर कोरिया जस्ता कुनै समयका शत्रु राष्ट्र पनि वार्ताको टेबलमा आएको परिदृश्य पनि हामीले देख्न पाएका छौं। भारतले पनि आफ्ना छिमेकीसँग मित्रताको हातअघि बढाउँदै आएको छ भने आतङ्कवादविरुद्घ लड्दै पनि आएको छ।

उसले बङ्गलादेश, श्रीलङ्का आदि देशसँगको सम्बन्धमा आएका सङ्कटलाई समाधान गर्दै अघि बढेको छ। नेपालसँग पनि केही समय केही असमझदारीबीच अघोषित नाकाबन्दी लगाउँदा बिग्रेको सम्बन्धलाई सुधार गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रताको हातअघि बढाएका बेला यस्तो समाचार आउनु प्रत्येक नेपालीका लागि दुःखद नै हो।

नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुराको जमीन भारतीय नक्शाभित्र पारिएको स्थितिमा नेपाल–भारत सम्बन्धमा चुनौती थपिएको छ। नेपाल–भारत सीमा सुगौली सन्धिले निर्धारण गरेको सीमाअनुसार नै रहँदै आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसअनुसार महाकाली नदी पूर्वनेपाल भनिएको छ भने यसलाई अनादर गर्न खोज्नु भारतको अर्घेल्याँई नै हो। भएका समस्यालाई पनि समाधान गर्दै अगाडि बढ्नुपर्नेमा सन्धिले प्रष्ट पारेको कुरालाई फेरि बल्झाउनु युक्तिसङ्गत देखिँदैन।

यसबाट भारत सुमधुर बनिसकेको सम्बन्धलाई पनि कसरी अचानक भताभुङ्ग पार्न सक्छ भन्ने अविश्वासीपना नै प्रकट भएको छ।

विराेधका स्वर

भारतले नयाँ नक्सा जारी गरेपछि नेपालमा निकै ठूलो हलचल नै मच्चिएको छ भने सम्पूर्ण दलहरु, नागरिक समाज, विभिन्न तह र तप्काबाट भारतीय कदमको कडा विरोध भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विभिन्न जनवर्गीय संगठनले पनि विरोध प्रदर्शन जारी राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार राष्ट्रिय युवा संघ नेपालको भेलामा बोल्दै देशको एक इञ्च जमीन पनि मिच्न दिइने छैन भन्दै स्पष्ट शब्दमा भारतले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् भने।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराईले पनि भारतीय कदमको विरोध गर्दै सुगौली सन्धिअनुसार महाकाली पूर्वको जमीन लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भएको हुनाले भारतले आफ्नो नक्शाभित्र पार्नु नाजायज भएको बताइसकेका छन्।

सबैले भारतको यस कदमको विरोध गर्दै यस समस्यालाई सरकारले तत्कालै कूटनीतिक पहलबाट समाधान गरी सो जमीन फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन्। यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि नेपाली जमीन मिचिएको यथेष्ट प्रमाण रहेको बताउँदै यस विषयलाई कूटनीतिक ढङ्गले समाधान गरिने जानकारी गराएका छन्।

दुष्प्रचारकाे आराेप 

भारतका सञ्चारमाध्यमले भने नेपाल कसैको उक्साहटमा परी भारतविरुद्ध प्रदर्शन गरेको भन्दै उल्टै दुष्प्रचार गर्न लागिपरेका छन्। उनीहरु नेपाल चीनको ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा संलग्न भई भारतविरुद्ध लागेको जस्ता प्रचार गर्न थालेका छन्।

जबकी सो परियोजना यस क्षेत्रका सबै देशलाई आर्थिक विकासका लागि एकताबद्ध गर्ने उद्देश्यले आएको बताइएको छ। यसमा भारतलाई पनि संलग्न गराउन चीनले आह्वान गर्दै आएको छ। नेपालको सार्वभौमिकताको रक्षा गर्ने कुरालाई कुनै देशको उक्साहटमा लागेको, कसैले भड्काएको जस्ता आरोप लगाउनु भारतीय सञ्चारमाध्यमको अर्घेल्याँई मात्र ठहर्छ।

आफ्नो जमीनको रक्षा गर्ने अधिकार नेपाललाई छ। भारत एक नजिकको र सहयोगी छिमेकी भएको नाताले र सदियौँ पुरानो नेपाल–भारत मित्रताका आधारमा नेपाललाई बिझाउने कुरा नगर्नु नै नेपाल र भारतको द्विपक्षीय हितमा रहेको कुरा स्मरणीय छ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच हालैका वर्षमा विकसित घनिष्ठ सम्बन्धका आधारमा पनि नेपाल–भारत सम्बन्धलाई फेरि पुरानै नाकाबन्दी ताकाको असहज स्थितिमा पुर्‍याउन नहुने र दुई देशले आपसी कुटनीतिक पहलबाट तुरुन्तै समस्या सुल्झाइ नेपाली जमीन फिर्ता हुनु नै दुवै देशको हितमा हुनेछ। रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
सम्बन्धित सामग्री
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ थापाले नेपाल संवत्को अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै ‘न्हूदँया भिन्तुना’ व्यक्त गरे । शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार राष्ट्रिय सभागृहमा देउवा पक्षले आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १८ करोड रुपैयाँको लेनदेनको दाबीप्रति... शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक जानकारहरूका अनुसार, गगनलाई पक्राउ गर्दा विपक्षीहरू संगठित हुने, सरकारलाई अझ असहज हुने र अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न उठ्ने निष्क... शनिबार, कात्तिक २१, २०८३
ताजा समाचारसबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्