काठमाडौं– अभिनेत्री प्रियंका कार्कीले पहिलोपल्ट निर्देशन गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायिका आयुष्का खनियाँको स्वर रहेको ‘मेरै लाहुरेले’ बोलको गीतलाई उनले निर्देशन गरेकी हुन्।
गीतमा लेखु सहयात्रीको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ। म्यूजिक एरेन्ज नरेन्द्र वियोगीको रहेको छ। गीतको भिडियोमा श्रीमान् अभिनेता आयुष्मान देशराज श्रेष्ठका साथमा प्रियंका स्वयम् नाचेकी छन्।
गीतको भिडियो कोरियोग्राफर सुरेन बसेलले गरेका छन्। सुदिप बरालले खिचेको भिडियोलाई सन्देश शाहले सम्पादन गरेका छन्। ‘मैले पहिलोपल्ट निर्देशन गरेको म्यूजिक भिडियो, तपाईहरुको माया र आर्शिवादको खाँचो छ’ यस्तो लेख्दै प्रियंकाले गीत फेसबुकमा सेयर गरेकी छन्।
हेर्नुस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।