• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ठगीका 'नटवरलाल' : एउटै जग्गा ४ जनालाई बैना, एक करोड उठाएर फरार

64x64
नेपाल लाइभ सोमबार, मंसिर २, २०७६  १५:१५
1140x725

काठमाडौं- ‘जग्गा सस्तो र राम्रो छ, तपाईं आफ्नै गाँउठाँउको मानिस हुनुहुँदो रहेछ, मौका नगुमाउनुस्, जग्गा लिनुस्’महानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरमा दायर गरिएको निवेदनमा लेखिएको छ, ‘सकेसम्म छिट्टै बैना गर्नुस्।’

ठिमी प्रहरीमा दायर गरिएको यी विशेषणयुक्त उजुरी एक ठगबारेको हो। पछिल्लो समय अन्य अपराधका घटनामा केही कमी देखिए पनि वैदेशिक रोजगारी, लेनदेन र जग्गा कारोबारजस्ता विषयमा हुने ठगी भने बढ्दै गएको छ। 

यो त्यसै किसिमको घटनाको प्रतिबम्ब हो। यी नटरवरलाल ठगको आरोप लागेका व्यक्तिबाट शिकारमा सर्वसाधारण व्यक्तिमात्रै छैनन्। स्कुलमा पठाउने शिक्षकदेखि कलेजमा अध्यापन गराउन लेक्चचरसम्म शिकार भएका छन्।

नाम-रामप्रसाद पौडेल
ठेगाना- सिन्धुपाल्चोकको  फुलपिङ्काेट - ४ , हाल सूर्यविनायक भक्तपुर
पेसा- जग्गा/जमिनको कारोबार

यही पहिचान भएका व्यक्तिबाट पीडित भएको भन्दै प्रहरीमा धाउने व्यक्ति अहिले धेरै छन्। पौडेललाई पक्राउ गरेर कारबाही गर्न पीडितहरू प्रहरीमा धाएको ६ महिना बित्न लाग्यो। तर पौडेलेको नामोनिसानो प्रहरीले फेला पार्न सेकेको छैन।

पौडेलबाट ठगिएको बताउनेमध्येका एक हुन्, सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३७ वर्षीय श्यामप्रसाद दुलाल। प्रतिष्ठित सरकारी क्याम्पसमा अध्यापन गराउने दुलालबाट पौडेलले २० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको छ।

दुलालमाथि गरिएको ठगीको कथा रोचक छ। ‘भक्तपुरको साविक दुवाकोट गाविस-१ 'घ' कित्ता नं. १५००, कित्ता नं. १५०३ र कित्ता नं. ४११ समेतका जग्गा मैले किनेर प्लटिङ गर्दैछु। मिलाएर दिन्छु। किन्ने भए किन्नुहोला,’ पहिल्यैदेखि चिनजान भएका सिन्धुपाल्चोककै डिल्लीप्रसाद शर्मालाई ठगीको आरोप लागेका पौडेलले भनेका थिए। शर्मा पेसाले शिक्षक हुन्।

राम्रो घडेरी सस्तोमा पाउने भएपछि शर्माले १४ लाख रुपैयाँ दिएर घडेरी बैना गरे। आफ्ना ज्वाईंका लागि शर्माले उक्त घडेरी किन्न खोजेका थिए। राम्रो ठाउँमा सस्तो घेडेरी पाएको कुरा सिन्धुपाल्चोककै दुलालसम्म सञ्चार भयो। घेडेरी खोज्दै हिँडेका उनलाई ‘ढुंगो खोज्दा देउता’ मिलेजस्तो भयो।

nimb
nimb
Ncell 2
Ncell 2

गत वर्षको जेठ ४ गते पूर्वी मोहडा, २० फिटको बाटो छाडी १८ लाख रुपैयाँका आनाका दरले साढे ३ आना जग्गा खरिद गर्ने र ६० दिनभित्र पास गरिसक्ने भन्दै कागजात भयो। दुलालले २० लाख रुपैयाँ बैनास्वरुप दिए।

पैसा लिएको तर ६० दिन त के, ६ महिनासम्म पनि पौडेल सम्पर्कबिहीन भए। ‘६० दिनसम्म पनि जग्गा पास नभएपछि हामीले उहाँलाई खोज्न थाल्यौं। तर कहीँ फेला पार्न सकिएन,’ पीडित भनिएका दुलालले नेपाल लाइभसँग गुनासो गरे।

जग्गा बैना गरेको करिब ८ महिनापछि पौडेलसँग भेट भयो। तर उनले आश्वासन दिए, ‘नहतारिनुस् काम हुँदैछ। केही ढिला भएको मात्रै हो। अब १/२ महिना पर्खनुहोस्।  जग्गा पास हुन्छ।’

पौडेलको आश्वासन शंकासहितको भए पनि मान्नको विकल्प उनीसँग थिएन। थप १/२ महिना कुर्न दुलाल बाध्य भए। तर १/२ महिनापछिको भेटमा पौडेललाई जग्गा दिन नस्ने बताउन थाले। 'अब बैना फिर्ता गर्दिन्छु। पैसा लैजानुस्' पौडेलले इमान्दारी देखाएझैं गरे।

एनआइसी एसिया बैंकको दुवाकोट शाखाको २० लाख रुपैयाँको चेक गत वर्षको फागुन २४ गते दुलालले पौडेलबाट बुझे। तर तत्काल चेक साट्न पाइने अवस्था थिएन। चेकमा मिति भने २०७६ जेठ १५ गतेको राखिएको थियो। यो मितिपछि उक्त चेक साट्न जब दुलाल पुगे, त्यसपछि बैंकले पर्याप्त रकम नभएको भन्दै ३ पटकसम्म चेक बाउन्स गरिदियो।

त्यसपछि दुलालप्रति पौडेलले बोल्ने भाषाको शैली बदलियो।  ‘मैले जानीजानी रकम नभएको खाताको चेक दिएको हो। तेरो रकम तिर्दिनँ, जे सक्छस् गर्,’पौडेलले दुलाललाई धम्क्याउन थाले।  

यसपछि मात्र आफू ठगिएको भन्दै ठिमी प्रहरीमा उजुरी दिएको ६ महिना बितिसक्दा समेत पौडेलको सुइँकोसम्म प्रहरीले पाउन सकेको छैन। यसबारे प्रहरीसँग बुझ्दा खोजी भइरहेको र अहिले केही भन्न नसकिने बताएको छ। 

पौडेलले दुलाललाई मात्रै होइन, सिन्धुपाल्चोककै डिल्लीप्रसाद शर्माबाट १४ लाख, रुका शर्माबाट ३४ लाख, डिल्ली नेपालबाटबाट २५ लाख रुपैयाँ गरी ९३ लाख रुपैयाँ पौडेलले ठगी गरेको पाइएको छ। उनीहरु सबैलाई पौडेलले प्लटिङ गर्दै गरेको सो जग्गा आफ्नो भएको र सस्तोमा बेच्ने भन्दै बैना लिएर ठगी गरेका थिए।

पौडेलले यसरी जग्गा देखाएर बैना गर्दै ठगी गर्नेहरुको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ। डिल्लीप्रसाद शर्मालाई पौडेलले बैनाबापतको रकम फिर्ता दिने भन्दै २० महिनाको मिति राखेर चेक काटिदिएका थिए। ‘विश्वासमा परेर मैले मिति हेरिनँ। पछि घरमा आएर राम्रोसँग हेर्दा त २४ महिनापछिको १५ गते चेक साट्ने मिति लेखेको रहेछ,’ शर्माले भने।

बैंकको रेकर्ड अनुसार 'भ्यालिड' नै नभएको चेक पाएका शर्माले उक्त चेक बाउन्स गर्न समेत पाउने अवस्था भएन।

पौडेलले प्लटिङ गर्ने भनिएको उक्त जग्गा इन्द्रकला गुरागाईं र विभीषण शर्माको नाममा रहेको बुझिएको छ। उक्त जग्गा भने अहिलेसम्म प्लटिङ भएको छैन। यसबारे ठगी आरोप लागेका पौडेलसँग सम्पर्क गर्दाका उनको माबोइलमा सम्पर्क हुन सकेन। 

यता पीडित भनिएकाहरु न भोक, न तिर्खा, न निद्रा भन्दै प्रहरी कार्यालय धाउन थालेको ६ महिना नाघिसकेको छ। ठगी आरोप लागेका पौडेललाई पक्राउ र कारबाही किन भएन भन्ने नेपाल लाइभको प्रश्नमा ठिमीका डिएसपी शान्तिराज कोइरालाले भने, ‘प्राथमिकतामै राखेर आरोपितको खोजी भइरहेको छ।’

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फोहोर व्यवस्थापन राष्ट्रिय समस्या हो, सबै मिलेर समाधान खोज्नुपर्छ : सञ्चारमन्त्री तिल्सिना
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो?
टप एन्ड टी–२० : टप अर्डर नचल्दा एनटी स्ट्राइलाई नेपालले दियो १२३ रनको सामान्य लक्ष्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
फोहोर व्यवस्थापन राष्ट्रिय समस्या हो, सबै मिलेर समाधान खोज्नुपर्छ : सञ्चारमन्त्री तिल्सिना शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
टप एन्ड टी–२० : टप अर्डर नचल्दा एनटी स्ट्राइलाई नेपालले दियो १२३ रनको सामान्य लक्ष्य शुक्रबार, भदौ ५, २०८३
नीति अनुसन्धान प्रतिष्ठानले तीव्र बनायो प्रमाणमा आधारित नीति निर्माणको अभ्यास शुक्रबार, भदौ ५, २०८३
रास्वपामा को–को भए पदाधिकारी ? विभाग प्रमुखको जिम्मेवारी पनि तोकियो शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्