काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र रुपमा चलिरहेको छ।
सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको लागि सैद्धान्तिक स्वीकृति दिए पश्चात प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र बनाएका हुन्।
दुवै अध्यक्षले आकांक्षी नेताहरुसँगको भेटवार्तालाई तीव्र बनाएका हुन्।
ओलीले सोमबार बिहान मात्रै सिंहदरबारमा आफ्नो टिमका केही मन्त्री र सल्लाहकारसँग छलफल गरेका थिए।
सोमबार बेलुका ५ बजेका लागि दुई अध्यक्षबीच भेटवार्ता तय भएको बताइएको छ।
सो भेटवार्तालाई मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीको रुपमा हेरिएको छ।
भेटवार्ताले हट्ने र नयाँ आउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्भावना छ।
नेकपाका नेताहरुका अनुसार प्रधानमन्त्रीले केही मन्त्रीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउने उपाय अपनाउने भएका छन्।
यसअघि कुन मोडलबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने भन्ने छलफल चलिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।