काठमाडौं– नेपाली सुगम संगीतकी चर्चित गायीका मिलन नेवारको स्वरमा ‘सिन्दुर’ बोलको गीत सार्वजनिक भएको छ। सञ्चारकर्मी मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवम् संगीतकार ज्योति प्रकाशले संगीत भरेका छन् । ऐरेन्ज विष्णु अधिकारीको हो।
नविन बाबु गुरुङको छायांकन रहेको गीतको भिडियोमा बिकास धमलाको सम्पादन रहेको छ। ‘सिन्दुर’लाई सञ्चारकर्मी सुमन पण्डितले निर्देशन गरेका हुन्। गीतको भिडियोमा मिलनले नै मोडलिङ गरेकी छिन् ।
पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि यो गीतमा चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाद्ययवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । म्यूजिक भिडियोमा मिलनसंगै वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तानलाई देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।