चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ।
होली पर्वलाई ध्यान दिँदै बिहीबार र शुक्रबार चौबीसै घन्टा सडकमा आवागमन खुला गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
सो सडकखण्डमा रातको समयमा ६ घण्टा गाडी रोकेर सडक निर्माणको काम गरिँदै आएको छ। अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।