झापा- झापाको भद्रपुरबाट आइतबार राति प्रहरीले नदगसहित १७ जना जुवाडेलाई पक्राउ गरेको छ।
भद्रपुर–५ स्थित बजारमा रहेको पुल हाउसमा तास खेल्दै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले राति ११ बजे नगदसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।
पक्राउ पर्नेमा भद्रपुर-६का ४१ वर्षीय सञ्जित घोष, ३४ वर्षीय विजय साह, ५४ वर्षीय श्रीकृष्ण अग्रवाल, ४० वर्षीय अमरदीप घोष, २४ वर्षीय रुपेश झा, ४२ वर्षीय सञ्जित साह, ४१ वर्षीय श्रवण कामती, ४६ वर्षीय कविर क्षेत्री, भद्रपुर-२का २७ वर्षीय देवेन्द्र राजवंशी, भद्रपुर-३का ३३ वर्षीय सागर खड्का, भद्रपुर-५का ६५ वर्षीय बलदेव राजवंशी, २५ वर्षीय राजिप सहनी, १९ वर्षीय अनुज दास, ४१ वर्षीय गणेश सिंह, २९ वर्षीय शिव महतो, ५५ वर्षीय बुद्धनारायण महतो र भद्रपुर-४का २८ वर्षीय रवी राजवंशी रहेको कार्यालयले जनाएको छ।
प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरूबाट नेरु २ लाख १० हजार ९ सय १० र भारु ९ हजार ७ सय ७०, विभिन्न कम्पनीका १६ वटा मोबाइल र एक बुक तास नियन्त्रणमा लिएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।