काठमाडौं– सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस हुन इच्छुक व्यक्तिहरूको नाम सार्वजनिक भएको छ।
पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकको निर्णयअनुसार सोमबार दुई आयोगका अध्यक्ष तथा सदस्यहरूमा सिफारिस हुन इच्छाएका ६१ जनाको नाम सार्वजनिक भएको हो।
अध्यक्षका लागि १३ जनाको नाम सिफारिस गरिएको छ। सार्वजनिक भएका नामहरूको विषयमा कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सिफारिस समितिको सचिवालयमा सूचना दिन भनिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो।
दुवै आयोग पदाधिकारीविहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भइरहेको भन्दै द्वन्द्वपीडित साझा चौतारीले एक प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दलबीचको सहमतिले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा गठन हुनुपर्ने मान्यतामा धावा बोलेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।