५८ किलो चरेससहित ५ जना पक्राउ

नेपाल लाइभ | २०७६ मङ्सिर १ आइतबार | Sunday, November 17, 2019 १८:५२:०० मा प्रकाशित

बर्दिया- बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक सुनिल बस्यालले बताए।

बस्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ५८ किलो चरेसका साथै ३२ हजार ५ सय ९८ रुपैयाँ नगद र ५ थान मोबाइल बरामद गरेको हो।

चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिए।-रासस

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान