काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक राहदानी नम्बर एस ८३००९०० बाहक ३५ वर्षीय सत्य नारायण रामाचार्य चार्यलाई पक्राउ गरिएको हो । उनको साथबाट लुकाइ छिपाइ लैजान लागिएको २५ हजार अमेरिकी बरामद भएको प्रहरीले जनाएको छ ।
विमानस्थलको प्रस्थानतर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।