काठमाडौं– बर्दीयाको गुलरिया नगरपालिका–७ भन्सार रोडबाट ५८ किलो अवैध लागुऔषध चरेस, ५ थान मोबाइल र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तीन महिला र दुई पुरुष छन्। पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम(पूर्व) खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम (पश्चिम) मुसिकोट नगरपालिका–१ का २७ वर्षीया जुनतारा पुन, रुकुम(पूर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका–८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम(पूर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।