जनकपुरधाम– रङको पर्व होलीको अवसरमा प्रत्येक वर्ष जनकपुरमा हुने होली महोत्सव बुधबार सम्पन भएको छ। मिथिला नाट्यकला परिषद् (मिनाप) को आयोजनामा होलीका अवसरमा हुने महामुर्ख सम्मेलनको एक दिन पहिला बुधबार भएको होली महोत्सवमा सप्तरीको खसौल युवा होली समूह प्रथम भएको छ। यस्तै, महोत्तरीको सिँहासिनी होली समूह दोस्रो र धनुषाको महिला होरैया समूह कुर्था तेस्रो भएका छन्।
तीनै समूहलाई प्रसंसापत्र, डम्फा तथा सिल्ड प्रदान गरिएको मिथिला नाट्य कला परिषदका अध्यक्ष परमेश झाले जनाए।
जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्यमा भएको उक्त महोत्सवमा सहभागीहरुले होरैया गान गाउँदा दर्शकहरु मन्त्रमुग्ध भएका थिए। महोत्सवमा सहभागी भएका कुर्थाका महिला होरैया समूहलाई प्रोत्साहन स्वरुप जनकपुरका मेयर लालकिशोर साह तथा उपमेयर रिता झाले नगद ५ हजार १ सय रुपैयाँ समेत प्रदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।