काठमाडौं– प्रहरीले कुलेश्वरबाट ठूलो रकमसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बेतिया, जोगपट्टीथानाका ५७ वर्षीय सन्तनारायण प्रसाद छन्। उनलाई महानगरीय प्रहरी वृत कालिमाटीको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो।
सत्यनारायणको कोठाबाट अवैध हुुण्डी गर्न लागिएको ३६ लाख नगद, ३७ लाख ५ हजार बराबरको ६ थान चेक, भारु २ लाख १९ हजार र विभिन्न बैंकको ६ थान खाली चेक बरामद भएको कालिमाटीका डिएसपी रुगम कुवँरले जानकारी दिए।
पक्राउ परेका सत्यनारायणलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउन लागिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।