चिकित्सा विज्ञानले हालसम्म उपचारबाट छोरा वा छोरी बनाउने निर्धारण गर्ने कुनै पनि औषधि विकास गरेको छैन । छोरा वा छोरी हुने सम्भावना आधाआधा हुने भएपनि मानिसको नियन्त्रणमा हुन्न । मानिसको हरेक कोषमा ४६ (२३ जोडी) क्रोमोजोम हुन्छ । जसमा एक जोडी (२ वटा) सेक्स क्रोमोजोम हुन्छ । जसले बच्चाको लिङ्ग निर्धारण गर्छ । सेक्स क्रोमोजोमलाई एक्स र वाई भनिन्छ । पुरुषमा एक्स र वाइ हुन्छ भने महिलामा दुइवटा एक्स क्रोमोजोम हुन्छ ।
एक्सएक्स क्रोमोजोमले छोरी बनाउछ भने एक्सवाईले छोरा । महिलामा छोरी बनाउने क्रोमोजोम मात्र हुन्छ । महिलाको एक्स क्रोमोजोममा पुरुषको वाई क्रोमोजोमले सेचन (फर्टिलाइज) गरेमा छोरा हुन्छ भने पुरुषको एक्स क्रोमोजोम महिलाको एक्स क्रोमोजोमसंग सेचन भएमा छोरी हुन्छ । त्यसैले छोराछोरी निर्धारण गर्ने पुरुषको वीर्यको क्रोमोजोमले हो । हरेक सेचनमा छोरा वा छोरी हुने सम्भावना ५०/५० प्रतिशत हुन्छ । २३ मध्ये बाँकी २२ जोडी क्रोमोजोमले मानिसको रूपरेखा तय गर्छ । सामान्यतया कुनै पनि शिशुले २३ क्रोमोजम आमाबाट र २३ क्रोमोजम बाबुबाट प्राप्त गर्दछ । छोरा वा छोरी हुने प्राकृतिक संयोगको कुराको हो । छोरा वा छोरी चाहेको बच्चा बनाउने औषधि हालसम्म विज्ञानले बनाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।