काठमाडौं– बुधबार भक्तपुरमा माटोले पुरिएर एक युवकको मृत्यु भएको छ।
सूर्यबिनायक नगरपालिका–८ पाटीभञ्याङमास्थित सरस्वती आधारभूत बिद्यालय पछाडीको पहिरो पन्छाउने क्रममा माटो खसेर पुरिन जाँदा गम्भीर घाइते भएका उक्त बिद्यालयमा काम गर्न आएका उदयपुर गाईघाटका २५ वर्षीय आकाश बिकको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनामा घाइते भएका उनकै भाई १७ वर्षीय गोपाल बिकको उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।