रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकामा आगलागीमा परी ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाले माघ २७ गते नौकुण्ड गाउँपालिका ६ सिस्नेरीमा आगलागीमा परी ज्यान गुमाएका बालबालिकाको परिवारलाई राहत रकम दिएको हो।
आगलागीमा परी ज्यान गुमाएकी ६ वर्षीया अस्मिता मोक्तानका पिता धनबहादुर मोक्तान तथा सात वर्षीया रिपोला र तीन वर्षीया मंगली मोक्तानका पिता वीरबहादुर मोक्तानलाई एक/एक लाख रुपैयाँ उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए।
गत माघ २७ गते भएको आगलागीमा ती बालबालिकाको मृत्यु भएको थियो।
आगलागीबाट घर पूर्णरुपमा क्षति भएका वीरबहादुर मोक्तानलाई थप १० हजार प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।