काठमाडौं- नेपालका एक डाक्टरलाई बंगलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मान गरिएको छ। मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा सन्देश पन्थीलाई आइतबार मेडल प्रदान गरिएको हो।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री कार्यालयमा आयोजित समारोहमा डा पन्थीलाई मेडल प्रदान गरेकी हुन्। डा पन्थीले बंगलादेशको एक मात्र सरकारी मेडिकल विश्वविद्यालय बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म (डाइबेटिज, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ) विशेषज्ञता हाँसिल गरेका थिए।
उनले सो विश्वविद्यालयको एन्डोक्राइनोलोजी एन्ड मेटाबोलिज्म विभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमै सर्वाधिक अंकसहित सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका थिए। डा पन्थी हाल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।