काठमाडौं- भारतीय क्रिकेटर सचिन तेन्दुल्कर कीर्तिपुरस्थित टियु मैदानमा नेपाली बालबालिकासँग क्रिकेट खेलिरहेका छन्।
शुक्रबार राति मुम्बईबाट काठमाडौं आएका तेन्दुल्कर टियु मैदानमा नेपालका पूर्व कप्तान विनोद दासले नेतृत्व गरिरहेको बालबालिकाको टिमसँग सद्भाव खेल खेलिरहेका हुन्। खेल १० ओभरको हुनेछ।
बाल अधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको हो। उनी युनिसेफका सद्भाव दूत हुन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
(तस्बिरहरुः युनिसेफ नेपालको ट्विट ह्यान्डल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।