विराटनगर- मोरङ र ओखलढुङ्गामा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अन्य १६ जना घाइते भएका छन्।
मोरङको केराबारी गाउँपालिका ८ केराबारी–खोर्साने सडकखण्डमा को१५प १०९० नम्बरको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका ४ का २९ बर्षिय किशोर खवासको मृत्यु भएको छ। २१ वर्षीय विनोद चौधरी र २५ वर्षीय ललित चौधरी घाइते भएका छन्।
दुर्घटनामा घाइते उनीहरुलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारकै क्रममा किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उता, ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ७ स्थित ओखलढुङगा–सोलु सडक खण्डमा राति ९ बजेतिर काठमाडौं जाँदै गरेको बा ३ ख १७३ र कटारीबाट ओखलढुंगा जाँदै गरेको ना ५ ख ६३७५ नम्बरको बस ठोक्किँदा दुवै सवारीका १४ यात्रु घाइते भएको प्रहरी चौकी हर्कपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।