ओखलढुंगा- मानेभञ्याङ्ग गाँउपालिका-७ मा गएराति बस र ट्रक आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर छ।
बर्दियाका ४५ वर्षीय रुन्चे थारु र काठमाडौंका ४८ वर्षीय रत्न श्रेष्ठ गम्भीर घाइते भएका हुन्। दुवैलाई उपचारका लागि काठमाडाैं पठाइएको छ।
राति ९ बजे बा ३ ख १७३ नम्बरको बस र ना ५ ख ६३८५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको स्थानीय प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।