काठमाडौं– समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।
बैठक भोलि पनि बस्ने छ।
आजको बैठकमा संगठनात्मक प्रतिवेदन पेस भएको छ। पार्टीका महासचिवहरु गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहाय यादवले संयुक्त रुपमा प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमाथि केही सदस्यहरुले आफ्नो धारणा राखेका थिए।
बिहान एघार बजेदेखि सुरु बैठक बेलुका ५ बजे सकिएको थियो।
पुरानो बानेश्वरको एउटा होटलमा बसेको हो।
पार्टीको संघीय परिषद् बैठक हिजो बसेको थियो। सो बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। आफ्नो प्रतिवेदनमा उनले सरकारमा संलग्नताबारे गम्भीर समीक्षा जरुरी रहेको बताएका थिए।
'सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया अगाडि नबढाएमा सरकारबाट बहिर्गमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ', उनले भनेका छन्।
त्यस्तै उनले राजपासँगको एकतालाई छिटो तार्किक निष्कर्षमा पुर्याउनुपर्ने पनि उल्लेख गरेका थिए।
'संघीय परिषद्ले दिशाबोध गरेको वैचारिक-राजनीतिक मार्गमा अघि बढ्ने संगठन र कार्ययोजना निर्माण गर्न अग्रसर केन्द्रीय समिति', शुक्रबारको बैठकपछि डा भट्टराईले ट्विट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।