• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

जेएनयूको शुल्क वृद्धिले गरिब विद्यार्थीमा परेको सकस

भन्छन्- शुल्क नघटे पढाइ छाड्नुको विकल्प छैन
64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३०, २०७६  ०७:३०
1140x725

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)का विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन्। जेएनयूको नयाँ नियमअनुसार छात्रबासमा एकजना बस्ने कोठाको मासिक शुल्क २० रुपैंयाबाट बढाएर ६ सय रुपैंया र दुई जना बस्ने कोठाको शुल्क १० रुपैंयाबाट बढाएर ३ सय रुपैंया पुर्‍याइएको थियो।

विद्यार्थीको प्रदर्शनपछि यसलाई क्रमशः ३ सय र १ सय ५० रुपैंया पुर्‍याइएको छ। सरकारले यसलाई भारी कटौती भन्दै आएको छ। 

शुल्क बढाएकोमा हजारौंको संख्यामा रहेका आक्रोशित विद्यार्थीले सोमबार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शन गरेका थिए। पहिला तिर्न नपर्ने सर्भिस चार्जमा अब विद्यार्थीहरूले कुल खर्चको आधा शुल्क बुझाउनुपर्ने हुन्छ।

प्रशासनको आंशिक कटौतीबाट विद्यार्थी भने सन्तुष्ट छैनन्। शुल्क मनोमानी ढंगले फेरि बढ्न सक्ने उनीहरूको आशंका छ। प्रशासनका अनुसार कोठा भाडा तीन दशकयता र बाँकी खर्च एक दशकयता बढेकै थिएन। त्यसैले यो शुल्क वृद्धि जरुरी थियो।

यदि यो शुल्क वृद्धि कार्यान्वयन भयो भने आफूहरूले पढाइ नै छाड्नपर्ने स्थिति सिर्जना हुने विद्यार्थीहरू बताउँछन्। 

जेएनयूको विवाद पुरानै 
प्रदर्शनको अघिल्लो दिन गुरुनानक जयन्तीमा दिउँसो म कावेरी होस्टेल पुगेँ। केही विद्यार्थीहरूले प्रदर्शनको कारण थकाइको महशुस गरेता पनि उनीहरूमा रोष भने कम थिएन।

ज्योतिकुमारी : नर्मदा होस्टेलको बाहिर मेरो भेट २१ वर्षकी ज्योतिकुमारीसँग भयो। चिच्याएका कारण अरू विद्यार्थीझैं उनको पनि घाँटी सुकेको थियो। ज्योतिको बुबा किसान हुन्। उनी सासारामको एउटा गाउँमा खेती गर्दै आएका छन्। परिवारको वार्षिक आय ७० हजार देखि ९० हजारसम्म रहेको छ। उनी जेएनयूमा रूसी भाषामा मास्टर्स गरिरहेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सिभिल सर्भिसेजमा जाने सपना देख्ने ज्योति भन्छिन्‚ ‘प्रदर्शनको दिन प्रहरीले महिलालाई गरेको व्यवहार देखेर मेरो भक्कानो फुट्न लागेको थियो। भिसी हाम्रो कुरा सुनिरहेका थिएनन्।’

उनले शुल्क वृद्धिका कारण आफूले पढाइ समेत छोड्नुपर्ने स्थिति आउने बताइन्।

उनी भन्छिन्‚ ‘मैले सन् २०१७ देखि आजसम्‍म घरबाट पैसा लिएको छैन। यदि यो शुल्क वृद्धि कार्यान्वयन भयो भने आर्थिक अभावका कारण म पढाइ जारी राख्न सक्दिनँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ज्योतिलाई हरेक महिना मेरिट कम मिन्स स्कलरसिपको २ हजार रुपैंया मिल्दै आएको छ। विश्वविद्यालयको तर्फबाट यो छात्रवृत्ति वार्षिक पारिवारिक आय २ लाख ५० हजार रुपैयाँभन्दा कम भएका विद्यार्थीलाई दिइँदै आएको छ। उनी महिनाको बाँकी खर्च ट्युसन पढाएर जुटाउँछिन्।

उनी भन्छिन्‚ ‘म रुसी र अङ्ग्रेजी भाषाको केही कक्षा लिन्छु। जब ट्युसन पढाउन मिल्दैन तब धेरै समस्या हुनेछ। तपाईंलाई किसानको हालत कस्तो छ भनेर त थाहै छ। मेरो परिवारको मासिक आय ६ देखि ७ हजारको बीचमा छ।’

इन्दु : ज्योतिसँगै बस्ने बोकारोकी इन्दुका अनुसार उनी जागिर होइन अनुसन्धान गर्न चाहन्छिन्। उनका बुबा होटेल चलाउँछन्। तर पनि स्थिति नाजुक छ।

इन्दु पार्ट टाइम सम्पादन तथा शिक्षकमा आवद्ध भएर आफ्नो खर्च पूरा गर्छिन्। भन्छिन्‚ ‘म माथि एमफिलको पढाइ छोडेर जागिर गर्नुपर्ने दबाव छ। मैले खर्च जुटाउन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको जागिर गर्नुपर्ने भएकाले पढाइमा बाधा आइपर्छ।’

तथ्याङ्कका अनुसार जेएनयूमा करिब ८ हजार विद्यार्थी पढ्छन्। जसमध्ये करिब ५ हजार विद्यार्थी होस्टेलमा बस्दै आएका छन्। 

किन गर्दैछन् जेएनयूका विद्यार्थी विरोध प्रदर्शन? 
शुल्क वृद्धिको विरोधको दौरानमा जेएनयूमा गरिएको ‘ड्राफ्ट सर्भे’ सबै विद्यार्थीहरू एक आपसमा बाँडिरहेका छन्। सोही ड्राफ्ट सर्भे मसँग पनि आयो। उक्त सर्भेको नाम ‘इनिसियल रिपोर्ट अफ द जेएनयू स्टुडेन्ट सर्भ’ राखिएको छ।

उक्त सर्भे सहारनपुरमा बस्दै आएका जेएनयूमा सेन्टर फर द स्टडि अफ रिलिजन डेभलपमेन्टमा एमफिल स्कोलर अली जावेदले गरेका हुन्।

अली जावेदले यसभन्दा पहिला एमिटि र जामियामा पढिसकेका छन्। सर्भेको नमुना साइजमा ४ सय ६३ विद्यार्थी छन्‚ जसमध्ये होस्टेलमा बस्ने विद्यार्थीको स्याम्पल साइज ९ प्रतिशत छ। उक्त सर्भेका अनुसार होस्टेलमा बसेर पढ्नेमध्ये ४०-४६ प्रतिशत विद्यार्थीको परिवारको वार्षिक आय १.४४ लाख रूपैयाँभन्दा कम रहेको छ।


 गोपाल : पढाइ जारी राख्ने विषयलाई लिएर चिन्ता 
कावेरी होस्टेलको बाहिर मेरो भेट कालो चस्मा लगाएका गोपालसँग भयो। उनी राम्रोसँग देख्न सक्दैनन्‚ सिँढी पनि बिस्तारै चढ्छन्। आफ्नो कोठातर्फ जाँदै गर्दा म उनको पछि- पछि थिएँ। उनको कोठाको बिस्तरामा साथी किशोर कुमार बसिरहेका थिए। दोस्रो बिस्तारामा रहेको तन्नाको स्थिति अस्तव्यस्त थियो।

सेन्टर फर पोलिटिकल स्टडिजबाट मास्टर्स गरिरहेका किशोरले भने‚ ‘जेएनयू आउनुको कारण शिक्षाको स्तर राम्रो भएकाले नै हो। साथै सबैभन्दा सस्तो विश्वविद्यालय र क्याम्पस ब्यारिअर फ्रि भएकाले पनि मानिसहरू जेएनयू आउँछन्।’

जेएनयूको छाप उनको मार्कसिटमा देख्ने उनको सपना थियो। तर उनका अनुसार शुल्क वृद्धिले गर्दा यी सबै सपना सपना नै हुने हुन् कि भन्ने डर छ।

अल्बर्टः हजुरबाको पेन्सनले मात्रै चलेको छ घर 
नर्मदा होस्टेलमा नै भेटिए अल्बर्ट‚ जो वैज्ञानिक बन्न चाहन्छन्। प्रदर्शनको दिन उनलाई चोट लाग्यो र उनलाई एम्स अस्पतालमा भर्ना गरियो।


उनको घरको सारा खर्च हजुरबुबाको पेन्सनबाट चल्ने गरेको छ। उनी स्कुल अफ कम्प्युटेसनल एन्ड इन्टेग्रेटिभ साइन्सेजबाट ‘कम्प्लेक्स सिस्टम’ अर्थात् जटिल प्रणाली विषयमा पिएचडी गरिरहेका छन्। 

उनी भन्छन्‚ ‘जेएनयूमा २ सय ८३ मा पढाइने गरेको डेटा कोर्स बाहिर ५-६ लाखमा पढ्नुपर्ने हुन्छ। निजी इन्स्टिच्युटमा उक्त कोर्सको शुल्क २०-२५ लाखसम्म पर्न आउँछ। यदि शुल्क बढ्छ भने यो सेमेस्टरपछि म पढाइ छाडिदिन्छु। अहिले विश्वविद्यालयको शुल्क वृद्धिले गर्दा मलाई जागिर खानैपर्ने ठूलो दबाब आएको छ।’

यो सामग्री बिबिसी हिन्दीबाट प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्