नियमित रुपमा गोलभेंडा सेवनले पुरुषमा हुने प्रोस्टेट क्यान्सरको खतरा २० प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । बेलायतमा गरिएको अध्ययनमा यस्तो पाइएको हो । विश्वभर पुरुषमा हुने क्यान्सरमा प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा छ ।
बेलायतमा हरेक वर्ष प्रोस्टेट क्यान्सरका ३५००० हजार नयाँ रोगीहरु देखा पर्ने गरेका छन् भने १०००० मानिसको ज्यान जाने गरेको छ ।
ब्रिस्टोल विश्वविद्यालयका अध्ययनकर्ताहरुले ५० देखि ६९ वर्षसम्मका २० हजार पुरुषमा गरेको अध्ययनमा नियमित गोलभेंगा सेवन गर्नेमा प्रोस्टेट क्यान्सर हुने खतरा १८ प्रतिशतले कमी आएको पाइएको थियो ।
क्यान्सर विशेषज्ञहरुले खानामा फल तथा तरकारीको यथेष्ट मात्रामा सेवन गर्नुपर्ने र रातो तथा प्रशोधित मासु, बोसो तथा नुन निकै कम सेवन गर्ने सल्लाह दिन्छन् । फल तथा तरकारी यथेष्ट मात्रामा खाने मानिसमा क्यान्सरको खतरा नखानेभन्दा २४ प्रतिशतले कमी आउने नाइएको छ ।
गोलभेंडामा क्यान्सर प्रतिरोधी गुणको मुख्य कारण यसमा पाइने लाइकोपेनलाई मानिएको छ । लाइकोपेन एक प्रकारको एन्टीअक्सिडेन्ट हो, जसले डिएनए तथा कोशिकालाई क्षति पु¥याउनबाट बचाउँछ । अध्ययनकर्ताहरुले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्नेसंग संबन्धित अन्य दुई तत्वको सम्भावनाबारे पनि खोजबिन गरेका छन् । जसमा एक सेलेनियम र अर्को क्याल्सियम हो । सेलेनियम आँटाबाट बन्ने खाद्यपदार्थमा पाइन्छ भने क्याल्सियम दुधमा पाइन्छ । शोधकर्ताका अनुसार यी खाद्यपदार्थ सेवन गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम कम पाइएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।