काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडाैले पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योति विरुद्ध ठगी मुद्दा नचल्ने निर्णय गरेको छ।
८ दिनदेखि थुनामा रहेका ब्यापारी ज्याेती र उनकी छाेरी सुरुचि विरुद्ध लेनदेन विवादमा ठगी मुद्दा नचल्ने निर्णय गरेकाे हाे ।
प्रहरी कार्यालयले दुवै पक्षाका विचमा विवाद समाधान भएकाले मिलापत्र गर्ने कार्य हुने प्रतिवेदन वुझाएपछी सरकारी बकिल कार्यालयले यस्ताे निर्णय गरेकाे हाे ।
महानगरीय प्रहरी परिसरको टोलीले ज्योति र उनकी छोरी उनकी छोरी सुरुचिलाई कात्तिक गत २१ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
ल्याडमार्क हहाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।
त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका थिए। जिल्ला अदाललते पहिलो पटक ३ र दोस्रो पटक पाँच दिन मुद्दाको अनुसन्धानका लागि समय दिएको थियो। विज्ञेन्द्रलाल मल्लले आफुले हाउजिङमा घर खरिदका लागि दिएकाे १ कराेड बराबरकाे रकम पाएकाे भन्दै निवेदन दिएपछी याे मुद्दा मिलापत्रवाट किनारा लागेकाे हाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।