• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘पारस र सन्दीप नेपाली क्रिकेटका प्रवर्तक’

नेपाल अफगानिस्तानको बाटो पछ्याउँदै
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २९, २०७६  १३:५०
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने अहिले टी टेन लिगका लागि अबुधाबीमा छन्। पारस खड्का रहेको टिम अबुधाबीको खेल शुक्रबार राति पौने १२ बजे कलन्दर्ससँग अबुधाबीको शेख जायद क्रिकेट मैदानमा हुँदैछ।

त्यसका लागि पारसले आफू खेलको प्रतिक्षामा रहेको बताएका छन्। ‘क्रिकेट डिस्ट्रिक्ट’सँगको कुराकानीमा उनले नेपाली क्रिकेट, एशोसिएट खेलाडीको सपना, नेपाली समर्थक र टी टेनको सहभागीता बारे आफ्ना धारणा राखेका छन्।

‘यहाँ पहिले पनि आएर खेलिरहेको हो। यहाँको वातावरण थाहा छ, टी टेनका लागि यहाँ हुनु गजव भइरहेको छ। हाम्रो टिममा सबैजना राम्रो छन्। अब प्रतियोगिता सुरु हुने पर्खाइ छ। क्रिकेटको छोटो फर्म्याट भएकाले के हुन्छ भन्ने कसैले पनि भनिहाल्न सक्दैन। जसले जसलाई पनि हराउन सक्छन्। त्यसैले सबैजना राम्रो खेल्ने मेहनतमा छन्’ उनले भनेका छन्।  

एशोसियट देशबाट क्रिकेटको यस्तो वातवरणमा घुलमिल हुन पाउनु निकै राम्रो कुरा भएको र प्रशिक्षकमार्फत धेरै कुरा सिकेर अझ राम्रो बन्न सकिने अवसर आएको भन्दै पारस भन्छन्- ‘मेरो लागि खेलको नतिजा भन्दा खेलमा हरेक क्षण टिमका लागि सक्ने मेहनत गर्नु महत्वपूर्ण हुन्छ। आफूले सक्ने जति मेहनत गर्नुपर्छ।’

नेपाल क्रिकेट खेल्ने देशका रुपमा राम्ररी बढिरहेको र धेरै युवा खेलाडीहरुले सम्भावना देखाएसँगै नेपाल क्रिकेट संघ (क्यान) पनि फर्किएकाले अब अझ राम्रोसँग अगाडि बढ्न सकिने पारसको विचार छ। ‘नेपालमा पनि दिपेन्द्र, अरिफ, पवन जस्ता युवा खेलाडीहरुले राम्रो गरिरहेका छन्। आश छ भविष्यसम्म राम्रो गर्दै गएर उनीहरुको नाम अझ चल्नेछ’ केही खेलाडीको नाम लिँदै पारसले भने। 

पासरले एशोसिएट देशहरुले पनि क्रिकेटमा ठूला सपनाहरु देख्नुपर्छ र त्यसका लागि मेहनत गरिरहनु पर्छ भन्दै नेपाली क्रिकेट समर्थकले आफूहरुको खेलमा सधैँ उर्जा थपिरहेको सुनाए। 

यस्तै टी टेन लिगमा नै रहेका सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्सको खेल दिल्ली बुल्ससँग शनिबार रहेको छ। सन्दीप फ्रेन्चाइज टी २० क्रिकेटमा यसअघि नै चलिरहेको भए पनि पारसका लागि आफूलाई अझ प्रमाणित गर्ने नयाँ अवसर आएको छ। टिम अबुधाबीले पारसलाई ‘इन्टरनेसन कम्युनिटी प्रमोटर’ का रुपमा अन्तर्राष्ट्रिय स्तरमा टी टेनलाई चिनाउनका लागि टिममा आबद्ध गरेको जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पारस र सन्दीपकै बारेमा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)का जिमी एडम्सले केही दिनअघि नेपाली क्रिकेटको भविष्यसँग जोडेर ‘क्रिकइन्फो’मा लामो कुराकानी गरेका थिए।

नेपाली क्रिकेटलाई नयाँ बाटोमा लैजान पूर्वकप्तान पारस खड्का र युवा लेग स्पिनर सन्दीप लामिछाने प्रवर्तक हुन सक्ने एडम्सको भनाइ छ।

भर्खरै नेपाल भ्रमण सकाएको एमसिसी टिमका कप्तान रहेका एडम्सले पारस र सन्दीपले नै नेपाली क्रिकेटलाई एउटा उचाइमा लैजान सक्ने पनि बताएका छन्। टी २० र एकदिवसीयमा राम्रो उचाइको बाटो देखाइरहेको नेपाली टिमले अफगानिस्तानले पाएको जस्तै उपलब्धी भेट्टाउने बाटोमा लागेको उनको भनाइ छ। 

Xtrem

Xtrem

एमसिसीले नेपाल भ्रमणको समयमा राष्ट्रिय टिमसँग एकदिवसीय र प्रथम श्रेणी, यु १९ टिमसँग एकदिवसीय, यु १९ र राष्ट्रिय टिमको मिक्स टिमसँग टी २० साथै पोखरामा स्थानीय स्तरमा दुई टी २० खेल खेलेको थियो। त्यसमा पनि २००५ पछि नेपालले खेलेको प्रथम श्रेणी क्रिकेटको महत्व निकै बढेको थियो। 

प्रथम श्रेणीमा नेपाल २ सय ८ रनले पराजित भए पनि नेपाली क्रिकेटको भविष्य राम्रो देखिएको एडम्सले बताएका छन्। उनी कीर्तिपुर मैदानमा उपस्थित दर्शकबाट पनि निकै खुसी भएका छन्। 

‘नेपाली क्रिकेट समर्थकहरु अविश्वसनीय रुपमा उपस्थित भएका थिए। यसअघि मैले खेलेका प्रथम श्रेणी क्रिकेटमा केही सयको संख्यामा दर्शकहरु हुन्थे तर, नेपालमा हरेक दिन झण्डै ४ हजार दर्शक आए’ उनले भने। प्रथम श्रेणीमा एडम्सले भनेजस्तै दर्शक आएको भए पनि कीर्तिपुरमा पछिल्लो टि २० मा त दर्शक पूरा भरिएका थिए।

‘नेपाललाई प्रथम श्रेणीमा खेल्न केही अप्ठ्यारो भइरहेको थियो। हामीले २०८ रनले नै हरायौँ। त्यसमा उनीहरुले प्रथम श्रेणी नखेलेको धेरै समय भएकाले पनि हो। नेपालले टी २० र एकदिवसीयमा भने निकै राम्रो खेल्यो। उनीहरुकै जस्तो मैदानमा त अझ अरु टिमका लागि पनि आउने वर्षमा धेरै चुनौती हुनेछन्’ एडम्सले भने। 

नेपालमा क्रिकेटको विकास कसरी भइरहेको छ भन्ने बारे थाहा नभएको भन्दै उनी भन्छन्- ‘नेपालमा क्रिकेट कसरी बढिरहेको छ र उनीहरुको संरचना कस्तो छ भन्नेमा मलाई धेरै जानकारी छैन। तर हामीसँग खेलेको टी २० र एकदिवसीय खेलको आधारमा भन्ने हो भने उनीहरु अफगानिस्तानको बाटोमा जान धेरै समय छैन।’ 

नेपालमा क्रिकेटको विकासका लागि सहयोग गर्ने हेतुले आएको एमसिसीले पोखरामा क्रिकेट विकासका लागि च्यारिटीमार्फत ५६ हजार पाउण्ड खर्च गर्ने भएको छ। २०१८ मा पनि एमसिसी र नेदरल्याण्ड्सबीच भएको क्रिकेटपछि नेपालमा क्रिकेटको नयाँ सोचको विकास गर्दै विद्यालयस्तरीय प्रतियोगिताहरु गरिएका थिए। 

एमसिसी भ्रमणमा म्यानेजर रहेका रिचार्ड ग्रेटोरेक्सका अनुसार इंग्ल्यान्डका पूर्वटेस्ट खेलाडी टम वेट्स्लीदेखि पाकिस्तानका पूर्वअलराउन्डर यासिर अराफत जस्ता खेलाडीले पछिल्लो दुई दिन पोखरामा ३ सयभन्दा बढी बालबालिकालाई क्रिकेट सिकाएका पनि थिए। 

‘प्रशिक्षणमा निकै सामान्य कुराहरु सिकाइएको हो। जस्तो कि बल फाल्ने तरिका, समात्ने शैली, बलिङ गर्ने तरिका साथै ब्याट समात्ने र चलाउने तरिकाहरु सिकाइएको थियो। धेरै जनालाई एकैपटक सिकाइएको भए पनि उत्साह भने असाध्यै राम्रो थियो’ उनले भने, ‘नेपालमा क्रिकेट राम्रो हो। यु १९ र राष्ट्रिय टिमसँगको मेरो अपेक्षा अझ बढेको छ। त्यसमा फिल्डिङ त विश्वस्तरीय नै थियो। राम्रो टिमसम्म पुग्न युवा खेलाडीको उत्साह राम्रो थियो।’

एमसिसी टिम म्यानेजर रिचार्ड ग्रेटोरेक्सले नेपाली खेलाडीहरु फ्रेन्चाइज क्रिकेटमा सहभागी हुँदै जान पाएमा अझ राम्ररी खेल विकास हुने बताए। 

‘सन्दीप लामिछाने पछ्याउन योग्य छन्। उस्तै गरी अब पारस पनि अबुधाबीमा टी टेन लिगका लागि गएका छन्। आश छ अब पाँच वर्षमा यस्ता खेलहरुमा नेपालका अरु खेलाडी पनि देखिने छन्। उनीहरुलाई नेपालमा भएको क्रिकेट संरचनाले सहयोग गर्छ कि गर्दै न त भन्न सकिँदैन तर क्रिकेटको ठूलो स्तरमा पुग्न खेलाडीहरुको चाहना पनि छ र मेहनत पनि’ उनले भने। 

एडम्सले नेपालको यु १९ टिमबाट तीन खेलाडी ऋत गौतम, लोकेश बम र खडक बोहरालाई भविष्यमा हुन सक्ने स्टार खेलाडीको रुपमा हेरेको बताए। 

‘हामीले पहिलो खेलमा नै यु १९ टिमसँग खेल्दा राम्रो भएको हो। उनीहरुको टिममा युवा स्पिनरहरु राम्रा थिए। सिनियर टिममा पनि खेलिरहेका पवन सर्राफको खेल पनि राम्रो छ। उनीहरु सबैले सन्दीप लामिछानेको बाटो पछ्याउन सक्नेछन् जस्तो लाग्छ’ एडम्सले भने। 

म्यानेजर रिचार्ड ग्रेटोरेक्सका अनुसार नेपाली क्रिकेटमा देखिएको अर्को महत्वपूर्ण विषय समर्थकहरु नै हुन्। ‘एमसिसीका ओले हानोन डल्बीले बाउन्ड्री लाइन नजिकै फिल्डिङ गर्दा ‘भिकिङ क्ल्याप’ मार्फत जसरी दर्शकलाई उत्साहित पारेर थिए त्यो हेर्नलायक थियो, विल ह्यान्डरस्परले भुँइमा देखाएको कर्तबले पनि दर्शकहरु झुमिएका थिए। पोखरामा त कति दर्शकले उनलाई ‘स्नेक म्यान’ नै भने’ ग्रेटोरेक्सले सुनाए। 

ग्रेटोरेक्सले झण्डै तीन वर्षको प्रतिबन्धपछि नेपाल क्रिकेट संघमाथिको प्रतिबन्ध फुकुवा भएकाले क्रिकेटका लागि चाहिने भौतिक संरचनाको विकासमा काम हुने आश पनि देखाए। ‘प्रथम श्रेणी क्रिकेट खेल्नका लागि राम्रो संरचना बनाउन वर्षौं लाग्छ। तर, एकदिवसीयमा खेल्नका लागि उनीहरु केही वर्षमा नै निकै बलियो हुनेछन्। उनीहरु आउने चार वर्षमा एकदिवसीयको ठूला प्रतियोगितामा र पाँच वर्षमा टी २० विश्वकपमा नै फेरि हुनेछन् जस्तो लाग्छ’ उनले भने। 

नेपालमा क्रिकेटको विकासका लागि अझ धेरै नै घरेलु क्रिकेट हुनुपर्ने एडम्सलाई लाग्छ। तर, उनको त्यो कुरा पनि गएर भौतिक संरचनामा नै ठोक्किन्छ। ‘मैले सक्ने सहयोग नेपाली क्रिकेटका लागि अझै गर्नेछु। उनीहरु जति पनि क्रिकेटरहरु जन्माएका छन् त्यो सबै टी २० र एकदिवसीयमार्फत नै हो, क्रिकेट विकासका लागि अब प्रथम श्रेणी, टेस्ट क्रिकेटको बाटोमा लाग्नै पर्छ’ उनले भने। 

एडम्सले क्रिकेट खेल्ने अरु देशमा भन्दा कम सुविधाका बीच पनि भइरहेको प्रगतिको भने तारिफ गरे। तर, अब राम्ररी अगाडि बढ्ने हो भने घरेलु क्रिकेट र भौतिक संरचनामा विकास नगरी नहुने उनको भनाइ छ। 

पारसले पनि अबुधाबीमा नै रहँदा ‘टाइम्सनाउ न्युज’सँगको कुराकानीमा पनि नेपाली क्रिकेटमा पछिल्लो समय उचाइको बाटो देखिएको बताएका छन्। क्रिकेट संघमाथिको प्रतिबन्धको फुकुवा होस् र क्रिकेटमा देखिएको कालो बादल हटोस् भन्ने प्रतीक्षा पूरा भएकाले आफूले कप्तानबाट राजीनामा दिएको भन्दै उनी भन्छन्- ‘कप्तानको रुपमा १० वर्ष भनेको लामो समय हो। अब नयाँ बोर्ड आएको छ। अब अगाडिको बाटोमा कोही आओस् भनेर नै राजीनामा दिएँ।’

हुन पनि नेपालले पाइरहेको हरेक उपलब्धीको केन्द्रमा पारस छन्। चाहे डिभिजन १० जित्दा होस् या २०१४ मा टी २० विश्वकप खेल्दा र २०१८ मा एकदिवसीय मान्यता पाउँदा नै किन नहोस्। 

‘नेपालमा प्रतिभा भएका युवा खेलाडीहरु धेरै छन्, राम्रो क्रिकेट भएका अरु देशबाट थोरै मात्र सहयोग पाउने हो भने नेपालले निकै राम्रो गर्न सक्छ। हामीले आफूभन्दा राम्रो टिमहरुसँग खेल्न पाउनु पर्छ। घरेलु क्रिकेट राम्रो बनाएर अगाडि बढ्नु जरुरी छ’ उनले भने। 

यस्तै नेपालका लागि टी २० र एकदिवसीयमा शतक बनाउने पहिलो खेलाडी बनेको प्रसंगमा पारस भन्छन्- ‘मेरो लागि व्यक्तिगत तथ्यांकले धेरै महत्व राख्दैन। टिमको जितका लागि मेहनत गर्ने नै हो। यदि मैले शतक बनाएँ भने त्यो खेल जित्नका लागि महत्वपूर्ण हुन्छ।’

साथै पारसले पनि सन्दीप लामिछानेले जस्तै फ्रेन्चाइज लिगहरुमा आफ्नो खेल देखाउन सक्ने खेलाडी नेपालमा धेरै रहेको बताए। ‘महत्वपूर्ण कुरा देशलाई जिताउने खेलहरुमा राम्रो गर्नुपर्छ। सन्दीपले विश्वभर खेलेर सानो उमेरमा उदाहरणीय काम गरेका छन्, उनले जस्तै गर्न सक्ने खेलाडी नेपालमा अरु पनि छन्। त्यसका लागि पहिले त राष्ट्रिय टिममा नै राम्रो गरेर अरुको ध्यान तान्न सक्नुपर्छ’ उनले भने। 

एकदिन टेस्ट राष्ट्रसम्म पुग्न सक्ने नेपालको क्षमता रहेको भन्दै उनी भन्छन्- ‘तर त्यसका लागि सुरुवात आजबाटै गर्नुपर्छ।’  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
जनमत पार्टीको अध्यक्षमा पुन: सीके राउत, महासचिवमा सञ्जय यादव विजयी आइतबार, असोज १८, २०८३
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव आइतबार, असोज १८, २०८३
च्यासलमा एमालेले संसदीय दलको बैठक आइतबार, असोज १८, २०८३
डिला संग्रौलाको दाबी: गगन थापा निर्विरोध सभापति हुनुहुन्छ, अर्को कांग्रेस छैन आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्