काठमाडौं- नेपालमा मंसिर १५ देखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष र महिला क्रिकेट टिमको घोषणा गरिएको छ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको पुरुष टिममा रोहित कुमार पौडेल र इशान पान्डे बाहिरिएका छन् भने रसिद खान, सन्दीप जोरा टिममा समेटिएका छन्। यसैगरी सन्दीप लामिछाने र पूर्वकप्तान पारस खड्का पनि टिममा छन्।
यसैगरी महिला टिमका मुख्य प्रशिक्षक जगत टमाटा र प्रशिक्षक श्यामसंग जंग थापाले बन्द प्रशिक्षणमा रहेका २० जना खेलाडीबाट अन्तिम १५ जना छनोट गरेका हुन्। खेलाडीको प्रदर्शन, फिटनेस, अनुशासन, अन्तर्राष्ट्रिय प्रदर्शन र व्यक्तिगत आचरणका आधारमा छनोट गरिएको बताइएको छ।
पुरुष टिममा को को ?
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, बिनोद भण्डारी, अभिनास बोहरा, सुसन भारी, कुशल भुर्तेल, सन्दीप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी र रसिद खान।
पुरुष टिममा रोहित पौडेल, भिम सार्की र सागर ढकालको नाम बैकल्पिक खेलाडीका रुपमा राखिएको छ।
महिला टिममा को को ?
रुबिना क्षेत्री बेलबासे (कप्तान), सिता रानामगर (उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ, करुण भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरिता मगर, शान्ती खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर।
यसैगरी बैकल्पिक खेलाडीमा ज्योति पाण्डे, संगिता राई र अस्मिता कर्माचार्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।