जनकपुर- धनुषामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिक-६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगर जादैँ गरेको ना ७ ख ३६९३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जनकपुर ११ का ४१ वर्षिय गोविन्द साहको मृत्यु भएको हाे।
धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीका अनुसार साहकाे उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धिरेश साहको उपचार भइरहेकाे छ। महेन्द्रनगर बजारबाट तरकारी लिएर जनकपुर फर्किदैँ गर्दा मोटरसाइकललाई बसले ठक्कर दिएको थियो।
गाडी र चालक दुवैलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएकाे छ। मृतकको शव पोस्टमार्टमको लागि प्रादेशीक अस्पताल जनकपुरमा राखिएको छ। घाइतेलाई थप उपचारका लागि काठमाडाैं पठाउन तयारी भएकाे जनकपुरस्थित प्रादेशिक अस्पतालले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।