काठमाडौं- मदिरा बिक्री सहज बनाइदिने भन्दै घुस लिने धनुषाका प्रहरी जवान मनोज प्रसैला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ धनुषामा कार्यरत प्रहरी प्रसैला विरुद्ध अख्तियारले १० हजार बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले प्रहरी जवान प्रसैलासँगै सोही कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहलाई पनि विपक्षी बनाएको छ। दुवैको मिलेमतोमा घुस रकम १० हजार लिएको खुल्न आएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।