काठमाडौं- भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी (लिम्पयाधुरा र लिपुलेक पनि) क्षेत्र पारेपछि सुरु भएको नेपाल र भारतबीचको विवादमा चीनले पनि प्रतिक्रिया जनाएको छ।
नेपाली भूमि भारतले आफ्नो नयाँ नक्सामा गाभेपछि चीनले बिहिबार पहिलोपटक प्रतिक्रिया जनाउँदै नेपाल र भारतले यो विवाद मैत्रीपूर्ण परामर्श र सम्झौताबाट टुंग्याउनु पर्ने बताएको छ।
‘कालापनी क्षेत्रको विवाद नेपाल र भातरले मैत्रीपूर्ण परामर्श र सम्झौताबाट टुंग्याउन भन्ने चीनको चाहाना छ,’ काठमाडौंस्थित चिनियाँ दूतावासले संचारमाध्यमलाई उपलब्ध गराएको प्रेस नोटमा भनिएको छ।
नेपालको सार्वभौकिता र भौगोलिख अखण्डताको चीनले सधै सम्मान गर्ने भन्दै उक्त प्रेस नोटमा चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको भन्ने भनाइप्रति आपत्ति जनाएको छ।
‘चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्ने हामीले केही गैरजिम्मेवार मिडिया र समूह थाहा पाएका छौं,’ दूतावासका प्रवक्ताले जारी गरेको उक्त नोटमा भनिएको छ, ‘ती आरोप आधारहीन छन् र गलत-सहीबीच पूर्णत भ्रम सिर्जना गर्ने र जनताको ध्यान अयन्त्रै मोड्ने चाहाना त्यसमा निहित छ।’
चीन र नेपालले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेयता दुवै पक्षबीच यस सम्बन्धमा राम्रो सहकार्य रहेको चीनले बताएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको अघिल्लो महिनाको नेपाल भ्रमणका बेला सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षेर गरेको भन्दै चीनले सीमा क्षेत्रमा हुने बाह्यि हस्तक्षेपलाई निर्मुल पार्न नेपालसँग थप सहकार्य गर्न चाहेको समेत बताइएको छ।
नेपाल र चीनबीचको सम्बन्धलाई बिगार्ने प्रत्यन सैह्य नहुने चीनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।