• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको निचोड : उपनिर्वाचनबाट हुन्छ सरकारको मूल्यांकन

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २९, २०७६  ०६:१२
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनलाई सरकारको ‘मध्यावधि मूल्यांकन’ का रुपमा अर्थ्याएको छ।

पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनतर्फ केन्द्रित गरेको कांग्रेसले उपनिर्वाचन कांग्रेस र कम्युनिस्ट बीचको प्रतिस्पर्धा मात्र नभएको जनाएको छ। सरकारको ‘कार्यक्षमता र असफलता’को परिणाम उपनिर्वाचनमार्फत देखिने कांग्रेसको दाबी छ। नेकपा सरकारलाई मूल्यांकन गर्ने ‘मिनी जनमत संग्रह’ आसन्न उपनिर्वाचन हुने कांग्रेसको निष्कर्ष छ।

कात्तिक २१ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मनोनयनपश्चात् कांग्रेसको शीर्ष नेतासहित पदाधिकारी बैठक चार दिनअघि बसेको थियो। उक्त बैठकले ‘एकता र उत्साह साथ विजय अभियानमा सम्पूर्ण रुपले केन्द्रित हुने’ निर्णय गरेको थियो।

उम्मेदवारी दर्ताका क्रममा शीर्ष नेताहरुलाई सम्बन्धित जिल्लामा खटाइएको थियो। सर्वाधिक चर्चामा रहेको कास्की २ मा उपसभापति विमलेन्द्र निधि उम्मेदवारी दर्ताका क्रममा खटिएका थिए। भक्तपुर १ ‘क’ मा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा मनोनयन दर्ताका लागि खटिएका थिए। दाङ ३ ‘ख’मा केन्द्रीय सदस्य दीपक गिरीले उम्मेदवारी दर्ताको क्रममा नेतृत्व गरेका थिए।

स्थानीय तहका लागि उम्मेदवार दर्ता बुधबार तोकिएको थियो। कांग्रेसले विशेष महत्वमा राखेको धरान उपमहानगरपालिकामा उपसभापति विजय गच्छदार सहितको जुलुस उम्मेदवारी दर्ताका लागि पुगेको थियो। धरानमा गच्छदारसहित केन्द्रीय सदस्य मीन विश्वकर्मा र धनराज गुरुङ सहभागी भए। 

कास्की २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसले खेमराज पौडेललाई प्रत्यासी बनाएको छ। तीन प्रदेशसभा सदस्यमा बागलुङ २ को ‘ख’ मा जित शेरचन, दाङ ३ को ‘ख’ मा केशव आचार्य र भक्तपुर १ ‘क’ मा कृष्ण भँडेल उम्मेदवार बनेका छन्। धरान उपमहानगरपालिकाको मेयरमा तिलक राई उम्मेदवार बनेका छन्। 

प्रचारप्रसारका लागि केन्द्रीय नेता तथा भ्रातृ संस्थालाई सम्बन्धित क्षेत्रमा खटाउने बताइएको छ। त्यसै अन्तर्गत तरुण दलले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा ‘कांग्रेस उम्मेदवार जिताऔं’ अभियान जारी राखको छ। उपनिर्वाचन हुने क्षेत्रहरुमा चुनावी सभा गरिने भएको छ। चुनावी सभामा केन्द्रीय नेताहरु वक्ता बन्ने छन्।

nimb
nimb
Ncell 2
Ncell 2

उपनिर्वाचन सरकार, विपक्षी दल र जनतालाई हुने अवसरका विषयमा कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक समेत गर्ने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उपनिर्वाचनको र महत्व र कांग्रेसले उठाउने मुद्दाहरु सार्वजनिक गरिने छ।’

उपनिर्वाचनलाई कांग्रेस र कम्युनिस्टले जित्ने चुनावका रुपमा नबुझ्न नेताहरुले आग्रह गरेका छन्। कास्की २ बाट कांग्रेसको उम्मेदवारको आकांक्षी रहेर टिकटबाट बन्चित स्थानीय नेता देवराज चालिसेले भने, ‘यो चुनाव सरकार विरुद्ध जनता हो। यसलाई पार्टीको हिसाबले हेर्नु हुँदैन। सरकारलाई चेतावनी दिने चुनाव हो।’

सरकार बदल्ने निर्वाचन नभई सरकारको मूल्यांकन गर्ने उपयुक्त समय उपनिर्वाचन भएको केन्द्रीय सदस्य धनराज गुरुङले बताए। धरानमा कांग्रेस उम्मेदवारको मनोनयन दर्ताका लागि पुगेका गुरुङले जनतामा वर्तमान सरकारप्रति चरम अविश्वास रहेको बताए। उम्मेदवारी दर्ताका क्रममा उत्साहप्रद जनताको सहभागिता रहेको उनले दाबी गरे।

‘वर्तमान सरकारले जनअपेक्षा अनुरुप कार्य गरेको छैन।’ चालिसे भन्छन्, ‘आफ्नै पार्टीलाई सचेत बनाउन पनि नेकपाका मतदाताले कांग्रेसलाई मत दिनुपर्छ।’ नेकपालाई सच्चिन दबाब दिन मतदातालाई उचित समय रहेको कांग्रेसको बुझाइ छ।

भ्रष्टाचारलाई वर्तमान सरकारले संस्थागत गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ। उपनिर्वाचनमा उक्त मुद्दालाई चर्काउने कांग्रेसको तयारी छ। सरकारको तागत नै प्रयोग गरी ठूला भ्रष्टाचार काण्ड गरिएको कांग्रेसको बुझाइ छ।

स्थिर सरकारको एजेन्डासहित जनताको मत मागेको सत्तारुढ दलको चरित्र स्थिर सरकार जस्तो नदेखिएको कांग्रेसको मूल्यांकन छ। चुलिएको जनताको अपेक्षा सरकारले पूरा नगरेसँगै त्यसको लाभ उठाउने दाउमा कांग्रेस छ। नेकपाको समृद्धिको नाराले जनताको दैनिकीमा कुनै प्रभाव नपरेको नेता गुरुङले बताए। स्वतन्त्रताको रक्षा वर्तमान सरकार बनेदेखि नै हुन नसकेको कांग्रेस नेताहरु बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  ०६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु’
सञ्चारकर्मीलाई अमरेशको आग्रह- तीन महिना हाम्रा काम सूक्ष्म तरिकाले हेरिदिनुस्
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार
सम्बन्धित सामग्री
तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक प्रतिनिधि सभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवाल... शुक्रबार, चैत २०, २०८२
सभामुखमा डीपी अर्याल निर्विराेध, एमालेले दिएन उम्मेदवारी शुक्रबार उनले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थ... शुक्रबार, चैत २०, २०८२
‘सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु’ शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्या... शुक्रबार, चैत २०, २०८२
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् एमाले सचिवालय बैठक शुक्रबार, चैत २०, २०८२
सभामुखमा डीपी अर्याल निर्विराेध, एमालेले दिएन उम्मेदवारी शुक्रबार, चैत २०, २०८२
‘सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छु’ शुक्रबार, चैत २०, २०८२
सञ्चारकर्मीलाई अमरेशको आग्रह- तीन महिना हाम्रा काम सूक्ष्म तरिकाले हेरिदिनुस् शुक्रबार, चैत २०, २०८२
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्