• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरुवा रोग विरुद्धका सिपाही

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  १४:४७
1140x725

 डेंगुको महामारी रोक्न सरकारलाई मुस्किल परेका बेला डा शेरबहादुर पुनजस्ता चिकित्सकहरू मैदानमा थिए। उनीहरुले डेंगुविरुद्ध छेडेको जेहादले नै संकट टरेको हो।

डा पुन सरुवा रोगलाई नजरअन्दाज गरिरहेको सरकारको ध्यानाकर्षण गराउँछन्, ‘पर्दा आत्तिाने होइन, पर्ला कि भनेर तयार भएर बस्नुपर्छ।’

डेंगुको आतंकबाट काठमाडौं सहर मुक्त हुने क्रममा छ। एक महिनाअघि देखिएको डेंगुको महामारीले सहर पूरै आतंकित थियो।  रोक्न मुस्किल पर्दा सरकार पनि आतंकित थियो। त्यो आतंकमा समेत शान्त भएर भिडिरहेका थिए केही डाक्टर। डेंगु भएर मात्रै होइन, भएको आशंकाले थुुरथुर परेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको मेला लागिरहन्थ्यो। डेंगु भएकाको शारीरिक र त्यसबाट त्रसित बनेर अस्पताल पुगेकाहरुको मानसिक रोगको उपचार गर्थे डाक्टरहरु। 

डेंगुको महामारी रोक्न सरकारलाई मुस्किल परेका बेला डा शेरबहादुर पुनजस्ता चिकित्सकहरु मैदानमा थिए। उनीहरुले डेंगुविरुद्ध छेडेको जेहादले संकट टर्‍यो। बिहान ९ बजे अस्पताल पसेका डा पुन बेलुकी ६ बजेमात्रै बाहिर निस्किन्थे। कति दिन खाजा खान पाएनन्, कति दिन पानी पिउनसमेत फुर्सद भएन। उनी अस्पतालको ड्युटी सकेर घर पुगिसक्दा पनि ‘डेंगु विरुद्धको ड्युटी’ भने सकिँदैनथ्यो। त्यसपछिको समय यस विषयमा सञ्चारमाध्यममा बोल्न र लेख्नमा बित्थ्यो। थप अध्ययन र अनुसन्धान गरिरहन्थे। केही भएन भने पनि सामाजिक सञ्जालमार्फत सचेतना फैलाउनु आफ्नो ड्युटी ठानेर भिडिरहन्थे डा पुन। 

जुन माध्यमबाट भए पनि डेंगुबाट ज्यानको हानि हुन नदिन निरन्तर संघर्ष गरिरहे। यो क्रम एक महिना चल्यो। दसैं सकिएको केही दिनपछि उनी डेंगुबाट आतंकित भीडबाट घेरिन छाडे कि भन्ने अनुमानसहित उनी कार्यरत अस्पताल पुगिएको थियो। एक महिना पहिलेको भन्दा बिरामी घटेका थिए। तर, एउटा चिकित्सकका नजरमा अस्पताल आइरहेका बिरामीको संख्यालाई कम आँक्न भने मिल्दैनथ्यो। उनी भन्दै थिए, ‘तुलनात्मक रुपमा त बिरामी घटे। तर, हरेक दिन ६० जना बिरामी अझै डेंगुको आशंकामा जँचाउन आइपुग्छन्।’

बिरामी जाँचिरहेको ठाउँ एकछिनका लागि सहकर्मीलाई जिम्मा लगाएर बाहिर निस्किन खोज्दै थिए, बिरामीको भीडले घेरिहाल्यो। बाटोमै उनले एक्स–रे हेरे। रिपोर्ट जाँचे। सल्लाह दिए। बल्लतल्ल बाहिरिन पाए। आफू बाहिर निस्किन लाग्दा बाटोमै रिपोर्ट तेस्र्याउने बिरामीलाई ओपिडीको ढोका देखाउन सक्थे। तर, त्यसो गर्न उनको स्वभावले दिएन। उनले प्रमाणित गरिदिए, ओपिडी भएकाले डाक्टरले जाँच्ने होइन, डाक्टर भएकाले ओपिडी बनाइएको हो।

एउटा नेपाली भनाइ छ, ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्ने बाटो बन्द गर्नु जाति‚’ धेरै डाक्टरहरु रोगको उपचार गर्छन् तर रोग लाग्ने बाटो बन्द गर्नेतर्फ त्यति ध्यान दिँदैनन्। डा पुन रोगको उपचार त गरिरहेका थिए नै, उनलाई बढी चिन्ता रोग लाग्ने बाटो कसरी बन्द गर्न सकिन्छ भन्नेमा थियो। त्यसैले उनले आफूकहाँ आइरहेका डेंगुका बिरामीका आधारमा काठमाडौंमा डेंगुका अखडा खोजे। बिरामी अस्पतालमा आइसकेपछि त्यसलाई केस ठानेर सोधखोज गर्ने उनको स्वभावले काठमाडौंका डेंगुका अखडा पत्ता लागेका थिए। नयाँबजार, भोटेबहाल र डल्लु डेंगु धेरै फैलिरहेका क्षेत्र भएको पत्ता लागेपछि उनले त्यहाँका स्थानीयलाई लामखुट्टे जन्मिने सम्भावित वातावरणका बारेमा जानकारी दिए। त्यसले थप क्षति हुनबाट रोक्यो। 

Ncell 2
Ncell 2

बिरामीको उपचार गरेर, डेंगु रोक्न सकिने उपाय जताएर र सचेतना फैलाएर मात्रै पुग्ने अवस्था थिएन। अस्पताल आइपुग्ने धेरै बिरामी डेंगुको मनोत्रासबाट ग्रस्त थिए। उनीहरुको मानसिक उपचार समेत गरेर पठाउनु परेको डा पुन सम्झिन्छन्। 

तीमध्ये केही घटना उनको स्मृतिमा छन्। एक जना बिरामी डेंगु भएको भनेर अस्पताल ल्याइए। उनमा १०३ डिग्री ज्वरो थियो। डाक्टरलाई पनि सम्भावित बिरामी लागेर उपचार थाले। डा पुनले उनी बसेको ठाउँमा डेंगु हुनसक्ने अनुमान गर्दै थप विस्तृतमा जानकारी लिए। त्यस क्रममा उनले थाहा पाए– ती बिरामीलाई एउटा लामखुट्टेले टोकेको रहेछ। लामखुट्टे त्यही बेला मारेछन्। लामखुट्टेले टोक्नेबित्तिकै डेंगु हुन्छ भन्ने उनको भ्रमले मानसिक रुपमा आक्रान्त बनाएछ। त्यही भ्रमबाट तनावग्रस्त भएर ज्वरो आएको रहेछ। परीक्षणमा डेंगु देखिएन। उनी निको भएर फर्के। 

डेंगुबाट मान्छेहरु कतिसम्म त्रसित हुन सक्छन् भन्ने पनि उनले यसपल्ट केही बिरामीको उपचारका क्रममा थाहा पाए। एक जना बिरामी डेंगुको ल्याब परीक्षणका रिपोर्ट ल्याएर उनलाई जँचाउन आए। डा पुन जँचाउन आएकै मान्छे बिरामी भन्ठानेर सल्लाह दिँदै थिए, ती बीचमै बोले, ‘रिपोर्ट मेरो होइन, मेरो दाइको हो।’ 
डा पुनले प्रतिप्रश्न गरे, ‘दाइ कहाँ हुनुहुन्छ? किन आउनुभएन?’ उनले दाइ डराएर अस्पतालको गेट बाहिरै बसेको बताए। पछि उनलाई बोलाउन लगाए। अनि सोधे, ‘आफ्नो रिपोर्ट देखाउन आफंैं किन नआएको?’ ती बिरामीको उत्तर थियो, ‘मेरो रिपोर्टमा डेंगु देखियो भने बेहोस हुन्छु भनेर‚’ ती बिरामीमा डेंगु नभई सामान्य ज्वरो थियो। औषधि लेखेर घर पठाए। 

डेंगु सर्ला भनेर एक परिवारले भातभान्सा नै अलग गरेको कथा अझै रोचक छ। दुई जना श्रीमान्–श्रीमती र एक जना सन्तान भएको परिवारमा एक जनालाई डेंगु भयो। त्यसपछि त उनीहरु छुट्टिएछन्। श्रीमती र छोराको खानपान र बसोबास एउटा कोठामा, श्रीमान्को अर्कै कोठामा। डेंगु सँगै बस्दा–खाँदा नसर्ने विषयमा धेरै उदाहरण दिएर लामो कुराकानी गरेपछि उनीहरु सँगै बस्न राजी भएका थिए। यो घटनाले डा पुनलाई काठमाडौंको, त्यो पनि शिक्षित परिवारमा समेत डेंगुबारे प्रशस्त भ्रम रहेको महसुस भयो। उनले त्यसपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट डेंगुका विषयमा रहेका भ्रम चिर्न सक्रियता बढाए। 

क्लिनिकल उपचारका साथै रोगको अनुसन्धानमा उनी निरन्तर सक्रिय रहन्छन्। सरुवा रोगको अनुसन्धानमै जापानबाट पिएचडी गरेका हुन् उनले। यतिबेला डेंगुमा सक्रिय भएजस्तै विभिन्न मौसममा फैलिने विभिन्न सरुवा रोगविरुद्ध उनको सक्रियता यत्तिकै रहन्छ। उनलाई लाग्छ, ‘म अनुसन्धानमा रुचि भएको व्यक्ति हुनाले पनि कुनै पनि केसलाई एक दिन विस्तृतमा अध्ययन गर्छु। यसले उपचार गर्न त सघाउँछ नै, रोगको ज्वरोसम्म पुग्नसमेत सघाउँछ।’

पहिलोपल्ट यो अस्पतालमा उनी सन् २००३ मा  आइपुगेका थिए। त्यो बेला अस्पतालभित्र मात्रै होइन, बाहिर बाटोभरि झाडापखालाका बिरामी देखेका थिए। कालाजारका बिरामी गाउँबाट बस रिजर्भ गरेर उपचारका लागि आएको सम्झिन्छन्। क्षयरोग, जापानिज इन्सिफ्लाइटिस जस्ता रोगको समस्या त्यो समय अत्यधिक रहेको उनी बताउँछन्। केही वर्ष काम गरेपछि सरुवा रोगमै थप अध्ययन गर्न जापान पुगे। 

जापानमा अध्ययन गर्दा पनि उनको ध्यान नेपालमै थियो। नेपालमा सरुवा रोगको समस्या पहिलेभन्दा कम भए पनि अपेक्षित रुपमा नघटेको उनले देखिसकेका थिए। त्यसैले सरुवा रोगकै क्षेत्रमा विद्यावारिधी गरेपछि उनले नेपालमै फर्किए र टेकु अस्पतालमा काम गर्न थाले। 

उनलाई नेपाल नफर्किन उनको गुरुहरुले खुब जोडबल गरेका थिए। अनुसन्धानमा खट्ने उनको स्वभावबाट प्रभावित उनका गुरुहरुले राम्रा अवसरहरु उनलाई देखाइदिएका थिए। तर, उनको मनले मानेनन्। त्यसमध्ये विश्वकै प्रख्यात अनुसन्धानकर्ताले चाहने एउटा फेलोसिपसमेत उनले छाडे। उक्त फेलोसिप छाडेर नेपालमा काम गर्न थालेपछि उनका जापानिज गुरुले लामो पत्र लेखेका थिए उनलाई। पत्रको आसय थियो, ‘तिमीले किन छाड्यौ थाहा छैन। तर, धेरैले चाहने फेलोसिप तिमीले छाड्दा फेलोसिपको चाहिँ बेइज्जत भयो‚’ त्यसको जवाफ लेख्न उनलाई तीन दिन लागेको थियो। उनी भन्छन्, ‘त्यो समय म दिनरात एक गरेर नेपालमा देखिएका सरुवा रोगमाथि अनुसन्धान गरिरहेको थिएँ। त्यसैले उक्त फेलोसिप गर्न इन्कार गरें।’

हाइटीमा कोलेरा फैलिएको समयमा विश्वले नेपालीबाट सरेको हल्ला फैलाएको थियो। वैज्ञानिक प्रमाणसहित यसको विपक्षमा उभिने आँट डा पुनले गरे। उनले विश्वमा प्रचलित जर्नलमार्फत हल्ला सही नभएको तथ्य अघि सारे। उनको तथ्यलाई कसैले काट्न सकेन। त्यसपछि उक्त केसलाई लिएर ‘वल्र्ड भर्सेस डा पुन’ शीर्षकमा समेत केही लेख छापिए। पाठ्यसामाग्रीमा समेत यही रुपमा समावेश भएको उनी बताउँछन्। 

नेपाल आएपछि उनले चिकनगुनिया, हिमालतर्फ गइरहेको कालाजार आदिका विषयमा निरन्तर वकालत गरिरहे। यसबाहेक थुप्रै सरुवाका रोगका विषयमा उनले अनुसन्धान गरेर अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन्। 

सरुवा रोगमा निरन्तर अनुसन्धान गर्ने उनको चाहना छँदैछ। मौसमअनुसार देखिने सरुवा रोगको प्रकोपविरुद्ध डटिरहेकै छन्। यसबाहेक केही थान सपना पालेर बसेका छन्। कुनै पद–प्रतिष्ठा प्राप्त गर्ने सपना होइन, नेपाललाई सरुवा रोगका विषय ज्ञान हासिल गर्ने थलो बनाउने चाहना बोकेका छन्। मनमा पालेको सपना उनले यही मेसोमा फुकाए, ‘दक्षिण एसियाकै सरुवा रोगका विषय ज्ञान आदनप्रदान गर्ने थलोका रुपमा यो अस्पताललाई विकास गर्ने चाहना छ। सरुवा रोग विषयको अध्ययन–अनुसन्धानमा नेपालले नेतृत्व गरेको हेर्ने सपना छ।’

विदेशीहरुले पढेकै आधारमा लेखेका किताबभन्दा नेपाली डाक्टरमाथि परेका आधारमा हासिल गरेका अनुभव लाभदायी हुने उनले महसुस गरिसकेका छन्। विदेशी विज्ञहरु र उनलाई चिन्ने प्राध्यापकहरुले पठाएका विद्यार्थी अहिले पनि उनीकहाँ आउँछन्। सरुवा रोगमा आफूले हासिल गरेको अनुभव सुनाउँछन् उनीहरुलाई। उनीहरु उपयोगी ज्ञान प्राप्त गरेको भन्दै प्रशंसासहित बिदा हुन्छन्। डा पुनलाई अहोरात्र खट्न प्रेरित गर्ने यही भावना हो। 

सरुवा रोगको पहिलेजस्तो प्रकोप अहिले छैन। तर, एउटालाई नियन्त्रणमा लियो, अर्को उत्पन्न हुने समस्या विश्वले खेपिरहेको छ। उनी उदाहरणसहित प्रष्ट पार्छन्, ‘हैजा अहिले ठूलो समस्या होइन तर इबोला र जिकाको जन्म त अहिले भयो‚’ त्यसैले सरुवा रोगलाई नजरअन्दाज गरिरहेको सरकारको ध्यानाकर्षण गराउँछन्, ‘पर्दा आत्तिने होइन, पर्ला कि भनेर तयार भएर बस्नुपर्छ।’
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै शनिबार, चैत ७, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
प्रदेश र स्थानीय तहलाई १ खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस शनिबार, चैत ७, २०८२
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्