काठमाडौं– गृह मन्त्रालयले मर्यादित र सभ्य ढंगले होली मनाउन आग्रह गरेको छ। अयर्मादित गतिविधि गरेका कारबाही गरिने गृहले जनाएको छ।
सोमबार बिज्ञप्ती जारी गरी मन्त्रालयले अमार्यादित गतिविधि गर्नेलाई कडा कारबाही गरिने जनाएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ,‘इच्छा विपरीत रंग दलिदिने, प्लाष्टिकका लोला प्रयोग गरी जनस्वास्थ्य र वातावरण प्रदुषित गर्ने फोहो पानी र रंग बाहेकका अन्य सामाग्री प्रयोग गर्ने लगायतका धार्मिक र सांस्कृतिक मान्यता विपरीतका उच्छृङखल एवम् छाडा र गैर कानुनी गतिविधि गरेको पाइएमा दोषी उपर प्रचलित कानुन बमोजिम कडा कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।