काडमाडाैं- आगामी मंसिर १४ मा हुन लागेकाे उपनिर्वाचनमा उम्दवारी दिएका विभिन्न राजनीतिक दलका नेताले आफ्नाे पक्षमा मत ल्याउन प्रचारप्रसारलाई तीव्र पारेका छन्। प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा उम्दवारी दिएका उम्दवार र तिनका नेता तथा कार्यकर्ता प्रचारप्रसारमा जुटेका हुन्।
उनीहरू भाेट माग्न मतदाताका घरघरमा पुगेका छन् भने सामाजिक सञ्जालमार्फत पनि भाेट मागेका छन्।
तस्बिरमा हेर्नुहाेस् उपनिर्वाचनकाे राैनक-
कास्की निर्वाचन क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्यकी उमेद्वार विद्या भट्टराई पोखरा– ९ का मतदातासँग घरदैलो कार्यक्रममा सहभागी हुँदै
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काँग्रेसद्वारा पोखरा महानगरपालिका वडा नं १७ मा घरदैलो गर्दै पार्टीका उम्मेदवार खेमराज पौडेल ।
आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– २ को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्दै दर्णबहादुर खत्री ।
आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं २ को वडाध्यक्षमा उम्मेदवारी दर्ताका क्रममा उम्मेदवार देवप्रसाद कोइराला ।
अगामी मङसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार मनोनयन दर्ता गराउँदै जाँदै ।
अगामी मङसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नेपाली काँग्रेसका उम्मेदवार मनोनयन दर्ता गराउँदै जाँदै ।
घोराही उपमहानगरपालिकावडा–१६ को वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेस दाङबाट मनोनयन दर्ता गर्न तारा डिसीको नेतृत्वमा जाँदै गरेको जुलुश ।
घोराही उपमहानगरपालिका–१६ को वडा अध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गर्न शुरेश केसीको नेतृत्वमा जाँदै गरेको जुलुश ।
आगामी मंङ्सिर १४ गते डोटीको आदर्श गाउँपालिका २ को वडा अध्यक्ष पदका लागि हुने उप निर्वाचनको चुनावी प्रचार प्रसार गर्दै नेकपाका नेता तथा कार्यकर्ता ।
तस्बिर : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।