एजेन्सी– उत्तरी भारत र पाकिस्तानका केही क्षेत्रमा प्रदूषण बढ्दै गएको छ। प्रदूषण बढ्नुमा एकअर्को देशका नेतालाहरुले एकअर्कामाथि आरोप लगाउने गरेका छन्।
पाकिस्तानका मन्त्रीहरुले भारतमा पराल जलाइएका कारण लाहोरमा प्रदूषण बढेको आरोप लगाएका छन्। भारतमा हरेक वर्ष यही सिजनमा पराज जललाइन्छ। जसका कारण धुँवा निस्कन्छ। हावामा खतरनाक कण पुग्छन्। साथमा हावा प्रदूषण हुन्छ। यस्तै अर्कोतर्फ भारतका राजनीतिज्ञले पाकिस्तान वा चीनका कारण भारतको दिल्लीमा वायु प्रदूषण भएको बताएका छन्।
पाकिस्तानका जलवायु परिर्वतन राज्यमन्त्री जन्रताज गुल वन्जिरले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक फोटोमा ट्विट गर्दै भारतमा पराल जलाएकै कारण लाहोरमा प्रदूषण बढेको बताएका छन्। उनले आफ्नो ट्विटबाटै साधेका छन् सीमापार भइरहेको प्रदूषणलाई जिम्मेवार ठहराउनु ठिक हो?
यसैगरी भारतको भारतीय जनता पार्टीका नेता विनीत अग्रवाल शारदाले भारतमा प्रदूषण बढ्नुमा चीन र पाकिस्तान दुवै देश जिम्मेवार भएको ठहराएका छन्। उनले भनेका छन्, ‘विषात्त हावा दुई देशले छोडिरहेका छन्। यसले राजधानी दिल्लीलाई प्रभावित बनाइ रहेको छ।’
पराल जलाएका कारण वायु प्रदूषण भएको हो र यसमा किसान जिम्मेवार छन् भन्नेमा अझै सावित भइ सकेको छैन। पराल पाकिस्तानमा मात्रै नभएर भारतमा पनि जलाइन्छ।
पराल कति जलाइन्छ?
पराल भारतको हरियाणा र पाकिस्तानको पन्जाव प्रान्तामा ठूलोमात्रामा जलाइन्छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो स्याटलाइट डाटामा देखाए अनुसार भारतमा ठूलोमात्रामा पराल जलाइएको छ। भारतको तुलनामा पाकिस्तानमा कम जलाइएको छ।
पाकिस्तानको लाहोर सहर भारतीय सीमाबाट मात्र २० किलोमीटरको दूरीमा छ। भारतमा जलाइएको परालको असर लाहोरमा पर्ने सम्भावना रहन्छ।
भारतमा परला जलाउन प्रतिबन्ध लगाउने काशिस गरिएको छ। जसका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष पराल जलाउने घटनामा कमी आएको छ।
भारतको पन्जाव सरकारले जारी गरेको तथ्यांकमा यो वर्षको २३ सेक्टेम्बर देखि ६ नोभेम्बरसम्म ४२ हजार ६७६ आगलागीका घटना भएका छन्।
प्रदूषणको अर्को कारण के हुन सक्छ?
प्रदूषण कुन दिशामा कति टाँढासम्म फैलिन सक्छ भन्ने कुरामा मौसमको भूमिका रहने गर्छ। मनसुनपछि पराल जलाइयो भने हावा दक्षिणदेखि दक्षिणपूर्व बहन्छ। यसको असर पाकिस्तानमा पर्नुको सट्टा भारतमै पर्ने गर्छ। तर, अमेरिकी र्यान्ड कर्पोरेशनले हालै गरेको अनुसन्धानमा हावाको दिशा वर्षैपिच्छे फरकफरक हुने गरेको पाइएको छ।
यसैले अन्दाजको भरमा भन्दा पनि दिल्ली र लाहोरको प्रदूषण बढ्नुमा अन्य कारणहरु पनि हुनसक्ने बताइन्छ। सावारी साधनबाट निस्कने धुँवा, औद्योगिक क्षेत्रबाट निस्कने फोहोर पनि वायु प्रदूषणका कारण हुन्।
पाकिस्ताको अखबार डनले वायु प्रदूषण हुनुमा हावाको गुणस्तर रहेको विषयलाई समेटेर रिर्पोट सार्वजनिक गरेको थियो। जसमा वायु प्रदूषण हुनुमा पराल जलाउनुलाई मुख्य कारण बनाइएको छैन। बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।