• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘पाहुनाले बाघ देख्दा खुशी लाग्छ तर आक्रमणका घटनाबाट दुखित छौं’

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  ०८:१२
1140x725

बाँके– बाँके र बर्दियामा गरी १३ जना मानिस पाटेबाघको आक्रमणमा परेका छन्। बाँकेमा पाटेबाधको आक्रमणमा परी राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको मंगलबार मृत्यु भएको छ।
राप्ती सोनारी–८ स्थित शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी खड्कालाई बाघले आक्रमण गरी छातीको भाग खाएको अवस्थामा फेला परको इलाका प्रहरी कायालय कोहलपुरका प्रहरी प्रमुख नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। पाटेबाघको आक्रमणमा परी यही कात्तिक २४ गते पनि कोहलपुर नगरपालिका–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतको मृत्यु भएको थियो।

विसं २०७५ माघयता पाटेबाघको आक्रमणमा परेर बाँकेमा दुई र बर्दियामा २०७० देखि हालसम्म ११ जना आक्रमणमा परेका छन्। ११ जनामध्ये बर्दियामा छ जनाको मृत्यु भइसकेको छ भने पाँचजना घाइते भएका छन् । बाघको आक्रमण बढेसँगै बाँके र बर्दिया निकुञ्जका मध्यवर्ती क्षेत्रसँगै आसपास गाउँका बासिन्दा त्रसित बनेका छन्।

निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले भने, “पाहुनाले बाघ देखेको कुरा सुन्न पाउँदा धेरै खुशी लाग्छ तर यस्ता आक्रमणका घटनाबाट हामी दुखित छौँ।”बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणबाट यही कात्तिक १९ गते मङ्गलबार दिउँसो एक माहुतेको मृत्यु भएको थियो।

बाघको संख्या वृद्धि
प्रजनन गर्न सक्ने वयस्क बाघको गणना हुने भएकाले निकुन्ञ्जमा सयको हाराहारीमा बाघ रहेको निकुञ्ज कर्मचारीको दाबी छ। बाघ संरक्षणकै लागि विगतदेखि संवेदनशील क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर सुरक्षा रणनीति अपनाएको निकुञ्ज प्रशासनले जनाएको छ।

पर्यटकीय मार्ग बनेपछि यस क्षेत्रलगायत बर्दिया जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विषयमा महत्वपूर्ण योगदान हेर्दा ८७ वटा बाघ, ३७ वटा एकसिङ्गे गैँडा, सयभन्दा बढी हात्ती र अन्य जनवार रहेको यस क्षेत्र प्रकृतिसँग रमाउन खोज्ने पर्यटकका लागि मुख्य आकर्षणको थलो बन्न थालेको छ। 

एक दशकअघिसम्म ओझेलमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज निकुञ्जको परिचय अहिले फेरिएको छ। पाटेबाघकै कारण अन्तर्राष्ट्रियस्तरान बर्दिया चिनिएको छ। हलिउडका स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटोग्राफरले निकुञ्जमा खिचेको फोटो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज बाघको मुख्य थलो रहेको थाहा भएको हो।

स्टारसँग रहेका फोटोग्राफरले समूहमा रहेका बाघको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रियस्तरमा बाघको बैभव भनेर बर्दिया जिल्ला चिनिन थालेको छ। सन् २००८ को गणनाअनुसार बर्दिया निकुञ्जमा १४ वटा बाघ रहेकामा सन् २०१३ को गणनामा ३७ वटा पुगेको थियो।

सन् २०१८ मा सार्वजनिक गरेको गणनामा बाघको सङ्ख्या ८७ पुगेको छ । आगामी गणनामा बाघको सङ्ख्या एक सय पुग्ने निकुञ्ज प्रशासनले दाबी गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई  सरकारले विस्तार गरेपछि यहाँ  बाघको सङ्ख्या बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघ बढेको बासस्थान बढेको निकुञ्ज बाँके निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए। निर्बाध रुपमा हिँड्न बाघको क्षेत्र बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेको छ। 

बाँके निकुञ्जमा बाघ सङ्ख्या २१ वटा पुगेको छ। पछिल्लो समयमा निकुन्जभित्र बाघको सङ्ख्या बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गको अम्रेनी र चीसापानी पोष्ट नजिक बाटोमा भाले बाघ आएर बस्ने गरेका छन्। कहिलेकाहीँ पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्कँदा यातायात नै अवरुद्ध हुने गरेको छ।

स्थानीयस्तरमा गठन गरिएका चोरी सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुन्ज प्रशासनको सक्रियताले गर्दा बाघको सङ्ख्या बढेको निकुञ्जको भनाइ छ। वयस्क बाघले बासस्थान र बघिनीले बाघबाट डमरु बचाउन हिँडडुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने गरेको र मान्छेलाई समेत आक्रमण गरेको उनले बताए।

बाघको सङ्ख्या बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका पर्या–पर्यटन विकास मञचका अध्यक्ष मोहन थारु बताउँछन्। पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जङ्गलमा बस्नु पथ्र्यो तर अहिले त्यसो गरिरहनु पर्दैन, सजिलै समूहमा बाघ देख्न सकिन्छ उनले भने।

Xtrem

Xtrem

राजस्व बढ्यो
आव २०७४/७५ मा बर्दियामा बाघ हेर्न २० हजार २८४ पर्यटक भित्रिँदा दुई करोड ९८ लाख ६ हजार ४८ राजस्व प्राप्त भएको थियो भने २०७५/७६ मा २४ हजार ५५८ जना पर्यटक  भित्रँदा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजस्व सङ्कलन भएको निकुञ्जको रेञ्जर पुष्पदीप श्रेष्ठले बताए।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा २६२ जना पर्यटक भित्रिँदा रु ९६ हजार ४३ राजस्व सङ्कलन भएको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले जानकारी दिए। पाटेबाघ भारत, नेपाल, भुटान र बङ्गलादेशका सिमित क्षेत्रमा पाइन्छ।

प्राकृतिक बासस्थानमा सबैभन्दा बढी भारतमा पाटे बाघ पाइन्छ। भारतमा पाटेवाघको संङ्ख्या २ हजार २२६ रहेको बताइन्छ । यस्तै नेपालमा २३५, बङ्गलादेश १०६ र भुटानमा १०३ वटा पाटेबाघ रहेको तथ्याङ्क छ। रासस

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्