उत्तर र दक्षिण कोरियाको सीमा नजिक बग्याे रगतकाे नदी

नेपाल लाइभ | २०७६ कार्तिक २७ बुधबार | Wednesday, November 13, 2019 ०६:५९:०० मा प्रकाशित

एजेन्सी– उत्तर र दक्षिण कोरियाको सीमा नजिक रहेको एक नदी रगतले रंगिएको छ । उक्त नदी सुँगुरको रगतका कारण रातो भएको हो।

अफ्रिकन स्वाइन फिवर फैलन सक्ने खतराका कारण दक्षिण कोरिया प्रशासनले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ साइटमा सुँगुरहरु मारिएका थिए। तर, वर्षाका कारण मारिएका सुँगुरको रगत सानो नदी इमजिनमा मिसिएपछि नदी रातो भएको हो।

अफ्रिकन स्वाइन फिवर खतरनाक संक्रमक र कडा रोग हो। यो सुँगुरमा हुने रोग हो। यो रोग मानिसबाट मानिसलाई खतरा छैन। स्थानीय अधिकारीहरुले नदीमा बगेको रगतका कारण अन्य जनावरहरुलाई पनि खतरा हुने सम्भावना रहेको बताएका छन्।

सुँगुरहरुलाई मार्नुभन्दा पहिले उपचार गरिएको अधिकारीहरुको भनाइ छ। मारिएका सुँगुर डम्पिङ साइटमा ट्रकभित्रै छोडिएको थियो। सुँगुरहरुलाई गाड्नका लागि बनाउन लागिएको प्लास्टिकका कन्टेनर बनाउन ढिलाइ भएका कारण खुलै छोडिएको थियो।

स्वर्ण रजत कास्य जम्मा
भारत
१०६ ६९ ३५ २१०
नेपाल
४३ ३३ ६२ १३८
श्रीलंका
३० ५४ ८३ १६७
पाकिस्तान
२१ २८ ३४ ८३
बंगलादेश
२२ ५४ ८३
माल्दिभ्स
भुटान