ढाका- बङ्लादेशमा दुई ओटा रेल आपसमा जुध्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन्।
देशको पूर्वीक्षेत्रका मङ्गलबार घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। “दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ, अरु ५० भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदलेसँग भने। उनले घाइतेहरूलाई उपचारका लागि फरक फरक अस्पतालमा लगिएको बताए।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेकाे रेलमार्ग अधिकरीले जानकारी दिएका छन्। बङ्लादेशमा रेल दुर्घटना बेलाबेलामा भइरहने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।