काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री तथा प्रधानमन्त्री ओली निकट एक नेता शंकर पोखरेलले प्रमुख सल्लाहकार परिवर्तन हल्ला साबित हुने बताएका छन्।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले सल्लाहकारहरुप्रति असन्तुष्टि जनाएर बाटो खालि गरिदिन आग्रह गरेपछि सल्लाहकारहरुले सामूहिक राजीनामा दिएका थिए।
सामूहिक राजीनामा दिइए पनि केहीले भने नयाँ टिममा पनि निरन्तरता पाउने वा नयाँ भूमिका पाउने दाबी ओली निकट नेताहरुको थियो। पोखरेलको दाबीले रिमालको निरन्तरताको संकेत गरेको छ।
'प्रमको "समृद्ध नेपाल सुखी नेपाली" अभियानको भरोसायोग्य सारथी हो कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुनेछ', पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।