काठमाडौं– समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसर बसिरहेका डा गोविन्द केसीको पक्षमा विद्यार्थीहरुले नारा लगाएका छन्।
मंगलबार चिकित्सा शिक्षा अध्यायन संस्थान (आइओएम) का विद्यार्थीहरुले राजधानीमा प्रदर्शन गर्दै उनीहरुले सरकारलाई डा केसीको ज्यान बचाउन आग्रह गरेका हुन्।
विद्यार्थीहरु नारा लगाउँदै शिक्षण अस्पतालदेखि महाराजगञ्ज चोकसम्म पुगेर पुन अस्पताल नै फर्किएका थिए। उनीहरुले अस्पतालमा कोणसभा गरेका थिए।
'शिक्षा मन्त्री कस्ता छन्? माफियाका मतियार जस्ता छन्', विद्यार्थीले नारा लगाए।
सोमबार मात्रै पत्रकार सम्मेलन गरेर शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनशनमा नरहन आग्रह गरेका छन्।
उनले डा केसीको अनशन असान्दर्भिक रहेको जनाएका थिए। ‘सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ। नयाँ बहश उठिरहेको छ। यस्तो बेला अनशन बस्नु उपयुक्त होइन’, उनको भनाइ थियो।
विद्यार्थीहरुले 'विद्यार्थी लुट्ने माफिया, चिकित्सा शिक्षा आयोगमा', 'वि आर विथ जिकेसी' तथा 'आज अनसनको नवौं दिन, सरकार किन मौन' जस्ता नारा लगाएका थिए।
डा केसीको अनसनको आज नवौं दिन हो।
उनले आफ्नो सत्रौं अनसन डलेल्धुराबाट सुरु गरेका हुन्। नीजि घरबाट अनसन सुरु भए पनि स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई डडेल्धुरा अस्पतालमा सारिएका थियो।
आइतबारमात्रै अस्पतालले विज्ञप्ति निकालेर डा केसीको स्वास्थ्य अवस्था अस्पतालको क्षमताभन्दा बाहिर भएको जनाएको थियो।
‘अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आइसियू सेवा, एबिजी सेवा, दक्ष जनशक्ति उपलब्ध नभएकाले केसीको स्वास्थ्य स्थितिको गाम्भीर्यतालाई मध्यनजर गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको’ अस्पतालको विज्ञप्तीमा उल्लेख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।