रत्ननगर, चितवन- चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ। आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले उद्धार गरेको हो।
उक्त अजिंगरलाई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए। उक्त घरका मानिसले खाना पकाउन जाने क्रममा अजिंगर देखेपछि खबर गरेका थिए।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा यसरी दुर्लभ वन्यजन्तु बाहिर निस्किने गर्छन्। चितवन निकुञ्जले उद्धार गरी पुनः पुरानै वासस्थानमा फर्काउने गरेको सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।