काठमाडौं- माओवादी केन्द्रले नयाँ सरकारमा मातृका यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने भएको छ।
ऊर्जा मन्त्रालय दिन नेतृत्वलाई आग्रह गर्दै आएका मातृकालाई अन्तिम समयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्योग मन्त्रीको जिम्मेवारी सुम्पिएका हुन्।
माओवादी केन्द्रले पहिलो चरणमा आज दुई मन्त्रीलाई सरकारमा पठाउँदै छ। सरकारको नेतृत्व गर्दै माओवादीबाट गृहमन्त्रीको रुपमा रामबहादुर थापा बादल जाँदैछन्।
सपथको कार्यक्रम अपराह्न ४ बजे राष्ट्रपति कार्यालयमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।